Wednesday, April 29, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

राष्ट्र आवाज by राष्ट्र आवाज
March 27, 2026
in समाचार, समाज, सम–सामयिक
0
1
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

चैत्र श्रीरामनवमीको पावन अवसरमा भारत विकास परिषद, शाखा–रक्सौलको आयोजनामा शुक्रबार भव्य कन्या पूजन कार्यक्रम सम्पन्न भएको छ। शहरको कोईरिया टोलास्थित शिवनारायण निवास परिसरमा श्रद्धा, भक्ति र उल्लासपूर्ण वातावरणमा कार्यक्रम आयोजना गरिएको हो।

महिला सहभागिता प्रमुख मेनका गुप्ताको नेतृत्वमा सम्पन्न कार्यक्रममा सीमा गुप्ता, किरण गुप्ता, श्वेता रानी, कामिनी सिंह, शकुन्तला देवी, ममता देवी, मीना देवी, बबली सिकारिया, अरुणिमा जायसवाललगायतको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा ३० जना कन्याको विधिपूर्वक पूजन गरी उपहार प्रदान गरिएको थियो।

पूजनका क्रममा कन्याहरूको चरण प्रक्षालन, श्रृंगार तथा मन्त्र उच्चारणसहित आरती सम्पन्न गरिएको थियो। त्यसपछि सबै कन्यालाई प्रसाद स्वरूप भोजन गराउनुका साथै पठन सामग्री, फलफूल र अन्य आवश्यक सामग्री वितरण गरिएको थियो।कार्यक्रममा परिषदका सचिव नरेश कुमार, वित्त सचिव सुनील कुमार तथा मेनका गुप्ताले संयुक्त रूपमा पूजा-अर्चना गरेका थिए। शाखा अध्यक्ष रजनीश प्रियदर्शी र सचिव नरेश कुमारले कन्याहरू समाज र राष्ट्रको आधारशिला भएको उल्लेख गर्दै शिक्षा, संस्कार र स्वास्थ्यप्रति सचेत रहन आग्रह गरे।

मेनका गुप्ताले नारीलाई शक्ति स्वरूपा बताउँदै समाजमा विद्यमान कुरीतिहरू—जस्तै यौन शोषण, भ्रूण हत्या र दहेज उत्पीडन—प्रति चिन्ता व्यक्त गरिन्। उनले “बेटी बचाऔं, बेटी पढाऔं” अभियानलाई सशक्त बनाउन सबैलाई आह्वान गरिन्।
यसै अवसरमा संस्कार संयोजक विजय कुमार साहले परिषदको रक्सौल शाखाले ५ जना अति विपन्न कन्याको एक वर्षको ट्युसन शुल्क, पुस्तक, कापी, कलम लगायत सम्पूर्ण शैक्षिक खर्च व्यहोर्ने घोषणा गरेका छन्।कार्यक्रम सफल बनाउन सम्पर्क प्रमुख उमेश सिकारिया, नीतेश कुमार सिंह, मनोज कुमार, अजय कुमार, सुभाष अग्रवाल, विनोद कुमारलगायत सदस्यहरूको उल्लेखनीय योगदान रहेको थियो।

Previous Post

प्रधानमन्त्री बालेन शाह ले लिए पद तथा गोपनीयताको शपथ

Next Post

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l