Thursday, April 30, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पटनामा हुने ‘अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलन–२६’ को तयारीका लागि उच्चस्तरीय टोली प्रस्थान, वीरगञ्जमा भव्य स्वागत

राष्ट्र आवाज by राष्ट्र आवाज
March 20, 2026
in समाचार, समाज, सम–सामयिक
0
पटनामा हुने ‘अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलन–२६’ को तयारीका लागि उच्चस्तरीय टोली प्रस्थान, वीरगञ्जमा भव्य स्वागत
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

भारतको पटना मा आयोजना हुन लागेको आगामी ‘अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलन–२६’ को भव्य तयारी तथा समीक्षाका लागि विश्व ज्योतिष महासंघ को एक उच्चस्तरीय प्रतिनिधिमण्डल आज नेपालबाट पटनातर्फ प्रस्थान गरेको छ।

उक्त प्रतिनिधिमण्डलमा डा. लोकराज पौडेल (अध्यक्ष), प्रो. डा. सुबोध शुक्ला (कोषाध्यक्ष), आचार्य लक्ष्मण पन्थी (दक्षिण एशियाई ज्योतिष महासंघका अध्यक्ष) तथा एस्ट्रो भरतमणि ज्ञवाली (महासचिव) रहनुभएको छ। टोली आगामी तीन दिनसम्म पटनास्थित होटल चाणक्य मा बसोबास गर्दै आयोजक समिति, अन्तर्राष्ट्रिय समिति तथा समीक्षा बैठकहरूमा सहभागिता जनाउने साथै पत्रकार सम्मेलनमा समेत सहभागी हुने कार्यक्रम रहेको छ।काठमाडौँबाट वीरगञ्ज आइपुग्ने क्रममा उक्त टोलीलाई भव्य स्वागत गरिएको थियो।

विश्व ज्योतिष महासंघ का एशिया उपसभापति डा. पुरुषोत्तम दुबे को नेतृत्वमा वीरगञ्जका प्रतिष्ठित समाजसेवी तथा विद्वानहरूले टोलीको अभिनन्दन गरेका थिए।सो अवसरमा टोलीले प्रसिद्ध शक्तिपीठ श्री गहवा माई मन्दिर मा दर्शन तथा पूजा–अर्चना समेत गरेको थियो। मन्दिरका मूल पुजारी राधेश्याम उपाध्यायले टोलीलाई आशीर्वाद प्रदान गर्नुभएको थियो।

कार्यक्रममा श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिका उपाध्यक्ष देवानन्द कलवार, महासचिव पप्पु गुप्ता, ब्राह्मण समाजका बृजमोहन तिवारी तथा ज्योतिष परिषद्का विद्वानहरू पण्डित श्याम सुन्दर पाण्डेय, पण्डित दिनेश तिवारी, पण्डित रत्नेश तिवारी, पण्डित विद्याधर झा, पण्डित संजय चतुर्वेदी र पण्डित ध्रुवनारायण पाण्डेयको उपस्थिति रहेको थियो।
साथै समाजसेवी राजेन्द्र सिंह र पत्रकार सन्तोष मिश्र लगायतका गण्यमान्य व्यक्तिहरूले आगामी सम्मेलनको पूर्ण सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

यो भ्रमणले नेपाल र भारतका ज्योतिषीहरूबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै आगामी सम्मेलनलाई ऐतिहासिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Previous Post

राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन पेश

Next Post

बारा कांग्रेसमा विवाद चर्कियो: सभापतिसहित ७ जनामाथि कारबाही माग

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
बारा कांग्रेसमा विवाद चर्कियो: सभापतिसहित ७ जनामाथि कारबाही माग

बारा कांग्रेसमा विवाद चर्कियो: सभापतिसहित ७ जनामाथि कारबाही माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l