काठमाडौं – प्रतिनिधि सभा सदस्यमा तनहुँ–१ बाट निर्वाचित सांसद स्वर्णिम वाग्लेले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्।
निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार उनले निर्वाचन प्रचारप्रसारका लागि कुल २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च गरेका छन्।
विवरणअनुसार प्रचारप्रसार सामग्री खरिद तथा प्रिन्टमा सबैभन्दा बढी ६ लाख ५० हजार २९८ रुपैयाँ खर्च भएको छ। त्यस्तै विद्युतीय प्रचारप्रसारमा ३ लाख ४८ हजार ४६४ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
यसैगरी खाना, खाजा तथा अस्थायी बसोवास व्यवस्थापनका लागि ३ लाख ४८ हजार ९०० रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।

