Friday, February 27, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

बारामा भन्सार कार्यालय अनिवार्य भन्दै चुनावी मैदानमा विजय यादव ‘निर्विज’

राष्ट्र आवाज by राष्ट्र आवाज
February 27, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
बारामा भन्सार कार्यालय अनिवार्य भन्दै चुनावी मैदानमा विजय यादव ‘निर्विज’
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बारा जिल्लाको समग्र आर्थिक विकास र सीमावर्ती व्यापारको व्यवस्थित विस्तारलाई केन्द्रमा राख्दै आम जनता पार्टीका बारा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विजय यादव निर्विजले भन्सार कार्यालय स्थापना आफ्नो प्रमुख चुनावी प्रतिबद्धता भएको स्पष्ट पारेका छन्।
घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम अन्तर्गत सिम्रौनगढ नगरपालिकाका विभिन्न वडामा आयोजित सभालाई सम्बोधन गर्दै उनले सीमावर्ती क्षेत्रको आर्थिक सम्भावनालाई मूर्त रूप दिन स्थानीय तहमै भन्सार कार्यालय स्थापना अपरिहार्य रहेको बताए। वडा नं. १ ननसगरा ढाट र बोर्डर बैरिया, वडा नं. २ नयका टोल, अमृतगञ्ज वडा नं. ३ जोलाही, वडा नं. ४ हरियरपुर तथा गंगानगर क्षेत्रमा आयोजित कार्यक्रममा उनले यो मुद्दालाई जोडदार रूपमा उठाएका हुन्।
यादवले बारा–१ क्षेत्रमा कृषि उत्पादन, साना तथा मझौला उद्योग र सीमावर्ती व्यापारको उल्लेखनीय सम्भावना हुँदाहुँदै पनि भन्सार संरचनाको अभावले स्थानीय व्यवसायीलाई अन्य जिल्लामा धाउनुपर्ने बाध्यता रहेको बताए। यसका कारण ढुवानी खर्च वृद्धि, समयको क्षति तथा प्रशासनिक झन्झट थपिएको उनको भनाइ छ। “स्थानीय स्तरमै भन्सार कार्यालय स्थापना भए व्यापारिक गतिविधि तीव्र हुन्छ, राजस्व संकलन बढ्छ र बाराको अर्थतन्त्र चलायमान बन्छ,” उनले उल्लेख गरे।
उनले भन्सार कार्यालय स्थापना भएपछि अवैध आयात–निर्यात नियन्त्रणमा आउने, राजस्व चुहावट न्यूनीकरण हुने र सीमावर्ती बजार पारदर्शी तथा व्यवस्थित बन्ने विश्वास व्यक्त गरे। साथै यसबाट स्थानीय युवाहरूका लागि रोजगारी सिर्जना हुनुका साथै उद्यमशीलतामा समेत टेवा पुग्ने उनले बताए।
यादवले भन्सार स्थापना केवल राजनीतिक मुद्दा नभई बाराको दीर्घकालीन समृद्धिसँग जोडिएको रणनीतिक आवश्यकता भएको उल्लेख गरे। “हामी जनताको मागलाई केन्द्रमा राखेर संघीय सरकार र सम्बन्धित मन्त्रालयसँग प्रभावकारी पहल गर्छौं,” उनले प्रतिबद्धता जनाए।
उनको यो एजेन्डाले बारा क्षेत्रमा आर्थिक विकाससम्बन्धी बहसलाई नयाँ आयाम दिएको छ। स्थानीय उद्योगी–व्यवसायी र सर्वसाधारणले अब भन्सार कार्यालय स्थापनाका लागि ठोस निर्णय र कार्यान्वयनको अपेक्षा गरेका छन्।

Previous Post

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

Next Post

सर्लाहीमा ३२ लाख बढीका भन्सार छलीका सामान बरामद

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
सर्लाहीमा ३२ लाख बढीका भन्सार छलीका सामान बरामद

सर्लाहीमा ३२ लाख बढीका भन्सार छलीका सामान बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l