Wednesday, April 1, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

तेस्रो विश्वकपसम्म आइपुग्दा नेपालले बनाएको छबि

राष्ट्र आवाज by राष्ट्र आवाज
February 7, 2026
in Uncategorized, खेलकुद, समाचार
0
तेस्रो विश्वकपसम्म आइपुग्दा नेपालले बनाएको छबि
2
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

  माघ २४  – आइसीसी टी- २० विश्वकप २०२६ को संस्करण आजदेखि सुरू भएको छ। नेपाल पनि तेस्रो पटक विश्वकप खेल्दैछ। यसअघि नेपालले सन् २०१४ र सन् २०२४ मा विश्वकप खेलेको थियो।

सन् २०१४ मा पहिलो पटक पारस खड्काको नेतृत्वमा नेपालले विश्वकपमा स्थान बनाएको थियो। त्यसको एक दशकपछि २०२४ मा विश्वकप खेलेको नेपालले रोहित पौडेलको कप्तानीमा पुनः विश्वकप खेल्न लागेको हो। भारत र श्रीलंकामा संयुक्तरूपमा आयोजना भइरहेको टी-२० विश्वकपमा नेपाल समूह ‘सी’मा रहेको छ।

नेपालको समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्। अन्तिम समयमा आइसीसीसँग भेन्युको विषयमा कुरा नमिल्दा समूह ‘सी’मा रहेको बंगलादेशले आइसीसी विश्वकप गुमायो। उक्त स्थानमा स्कटल्यान्डले सोही तालिका र स्थनमा खेल्दैछ।

नेपालका लागि सन् २०१४ यता हेर्ने हो भने क्रिकेटमा निकै ठूलो फड्को मारेको छ। सन् २०१४ मा पहिलो पटक विश्वकपको खेलेहरू टेलिभिजनमा हेरेका युवाहरू नै यसपटक खेलाडीका रूपमा २०२६ को विश्वकप खेल्दैछन्। सन् २०१४ देखि लगातार नेपालको विश्वकपको टोलीमा रहेका खेलाडी हुन्, सोमपाल कामी। सन् २०१४ देखि लगातार नेपालले खेलेको तीन विश्वकपको सारथी बनेका सोमपालले नेपालको लागि तेस्रो विश्वकप खेल्दैछन्।

हालः टिममा सोम्पाल कामी र करण केसीबाहेक सम्पूर्ण युवा खेलाडी रहेका छन्। रोहित पौडेलले लगातार दोस्रोपटक टी-२० विश्वकपमा टोलीको कप्तानी गर्नेछन्।

विश्वकपमा नेपालको डेब्यु
सन् २०१४ मा नेपालले पारस खड्काको नेतृत्वमा विश्वकप खेलेको थियो। उक्त टिमको उपकप्तानमा ज्ञानेन्द्र मल्ल थिए। पहिलो पटक विश्वकप खेल्दा नेपालले समूह चरणमा दुई जित दर्ता गरेको थियो। समूह ‘ए’ मा रहेर विश्वकपमा डेब्यु गरेको नेपालले हङकङलाई ८० रनले हराएको थियो। दोस्रो खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो भने समूह चरणको तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई ९ रनले हराएको थियो। समूह चरणमा नेपाल २ जितसहित दोस्रो स्थानमा रहेको थियो।

पहिलो विश्वकपमा दुई जित दर्ता गर्दै नेपालले राम्रो छाप बनाएको थियो। विश्व क्रिकेटमा नेपाललाई हेर्ने दृष्टिकोण नेपालले पहिलो पटक विश्वकप खेलेपछि नै बन्यो। हालः राष्ट्रिय टिममा रहेका धेरै खेलाडी २०१४ मा युवा थिए। वर्तमान कप्तान रोहित पौडेल पनि २०१४ मा आफूले टेलिभिजनमा विश्वकप हेरेपछि नै क्रिकेटमा मोह बढेको बताउँदै आएका छन्। पूर्व कप्तान सन्दीप लामिछाने पनि सन् २०१४ पछि नेपाली क्रिकेटले गरेको प्रगतिपछि आफूले क्रिकेट खेल्न थालेको विभिन्न सञ्चार माध्यममा दिएको अन्तर्वार्तामा बताउँछन्। नेपाली क्रिकेटमा नयाँ आशा र नयाँ गोरेटो कोर्ने काम २०१४ को विश्वकपले गरेको थियो।

विश्वकपको डेब्यु टोलीमा कप्तान पारससहित ज्ञानेन्द्र मल्ल (उपकप्तान), प्रदीप ऐरी, विनोद भण्डारी, अमृत भट्टराई, नरेश बुढायर, शक्ति गौचन, सुवास खकुरेल, अनिल मण्डल, जितेन्द्र मुखिया, बसन्त रेग्मी, सागर पुन, सोमपाल कामी, शरद भेसावकर र राहुल विश्वकर्मा रहेका थिए। नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके थिए।

एक दशकको त्यो पर्खाइ…
नेपालले दोस्रो टी-२० क्रिकेट विश्वकप खेल्न १० वर्ष अर्थात् एक दशकको समय पर्खनुपर्‍यो। २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्तरुपमा आयोजना भएको यस विश्वकपमा सन् २०१४ मा पहिलो पटक विश्वकप खेल्दाका एक खेलाडीले भने खेलिरहेका थिए। नेपाली राष्ट्रिय टिममा सिनियर खेलाडीको रूपमा सोमपाल कामीले दोस्रो विश्वकप खेले। पहिलो विश्वकपमा युवा रहेका सोमपाल दोस्रो विश्वकप खेल्दा सबैभन्दा अनुभवी खेलाडी थिए। उनीबाहेक पहिलो विश्वकप खेलेको कुनै पनि खेलाडीले दोस्रो विश्वकप खेलेनन्।

दोस्रो विश्वकप खेल्दा सोमपालसँग जुनियर खेलाडी थिए। प्रायः आफूभन्दा ५ देखि ६ वर्ष साना खेलाडीसँग उनले दोस्रो विश्वकप खेले। दोस्रो विश्वकपमा उनले आफ्नो पहिलो विश्वकपको अनुभव साट्ने मौका पाए। पहिलो विश्वकपपछि एक दशकको ब्रेक लागेको नेपाली क्रिकेटले दोस्रो विश्वकपमा कुनै पनि खेलमा जित दर्ता गर्न सकेन। पहिलो विश्वकपमा बनाएको राम्रो छबि नेपालले पछ्याउन सकेन। पहिलो विश्वकपपछिको १० वर्षको समयान्तरमा नेपाली क्रिकेटले धेरै उतारचढावहरू बोकेको थियो। सन् २०१४ मा पहिलोपटक विश्वकप खेलेपछि सन् २०१६ मा नेपाल क्रिकेट बोर्ड (क्यान) नै निलम्बनमा परेको थियो। तीन वर्षसम्म निलम्बनमा परेपछि नेपाल आइसिसीको प्रतिबन्धबाट मुक्त भएको थियो।

सन् २०१८ मा नेपालले पहिलो पटक एकदिवसीय मान्यता प्राप्त गर्‍यो। त्यसपछि भने नेपाली क्रिकेट रोकिएन। घरेलु प्रतियोगिता र टी-२० अन्तर्राष्ट्रिय तथा एकदिवसीय क्रिकेटमा लिग ५ देखि लिग २ सम्म आइपुग्यो। हरेक उतारचढावहरू पार गर्दै नेपालले दोस्रो पटक भारतीय प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा विश्वकप खेल्यो।

नेपालले दोस्रोपटक विश्वकप खेल्दा केही रोचक घटनाहरू घटे। नेपालका कप्तान रोहितकुमार पौडेल २०२४ को विश्वकपमा टिमको नेतृत्व गर्ने सबैभन्दा कान्छा कप्तान भए। २१ वर्षका रोहित कुमार पौडेलले टी-२० विश्वकपमा नेपालको कप्तानी गरे। नेपालले दक्षिण अफ्रिकासँगको खेल निकै नजिक पुगेर हार्‍यो। एक रनले नेपाल पराजित बनेको थियो। यो खेलको चर्चा निकै पछिसम्म पनि विश्व क्रिकेटले गरिरह्यो। टेष्ट राष्ट्रलाई हराउने नेपालको सपना लगभग पूरा भइसकेको थियो।

सन् २०२४ को विश्वकपमा नेपाल समूह ‘डी’मा रहेर खेलेको थियो। जुन समूहमा दक्षिण अफ्रिका, बगलादेश, श्रीलंका र नेदरल्यान्ड्स रहेका थिए। नेपालले पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटको हार व्यहोर्‍यो। दोस्रो खेल वर्षाका कारण स्थगित भयो। तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भयो। चौथो खेलमा नेपाल बंगलादेशसँग २१ रनले हार्‍यो।

जितविहीन भएर फर्केको नेपालले धेरै सकारात्मक पक्षहरू लिएर नेपाल फर्कियो। नेपालले बंगलादेशलाई १०६ रनमा रोकेको थियो। नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्‍यो। तर, ब्याटिङमा चुक्यो। ब्याटिङमा नेपाल ८५ रनमै अल आउट भयो। नेपालले तेस्रो खेलमा दक्षिण अफ्रिकासँग अन्तिम समयसम्म लड्यो। ११६ को विजयी लक्ष्य पछाएको नेपालले अन्तिम ओभर अन्तिम विकेट र अन्तिम ओभरमा आठ रन आवश्यक हुँदाको खेल सायद बिर्सने छैन। अन्तिम बलमा जितका लागि २ रन र खेल बराबरी गर्नका लागि १ रन चाहिएको अवस्थामा गुल्सन झा रनआउट हुन पुगेका थिए। यो खेल नेपालका लागि राम्रो सिकाइ रह्यो।

सन् २०२४ को विश्वकपमा नेपालको तर्फबाट १६ जना खेलाडीको टिम रहेको थियो। क्यानले १५ जनाको आधिकारिक नाम सार्वजनिक गरेको थियो। जसमा लेगस्पिनर सन्दीप लामिछानेको नाम थिएन। उनलाई अमेरिकाले भिसा नदिँदा उनले वेष्ट इन्डिजमा भएको दक्षिण अफ्रिका र बंगलादेशसँगको खेलमात्र खेलेका थिए।

दोस्रो विश्वकपमा रोहित पौडेल (कप्तान), आशिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरी नेपालको १६औं खेलाडी सन्दीप लामिछाने थिए। मुख्य प्रशिक्षकमा मोन्टी देशाइ रहेका थिए।

तेस्रो विश्वकप 
नेपालले सन् २०२४ पछि लगातार दोस्रो टी-२० विश्वकप खेल्दैछ। यो टिममा २०२४ मा नै खेलेका प्राय खेलाडीहरू दोहोरिएका छन्। २०२४ को विश्वकप खेलेको टिमबाट ६ खेलाडी बाहिरिँदा ५ खेलाडी थपिएका छन्। सन्दीप लामिछाने योपटक अन्तिम १५ को टिममा नै समावेश छन्। सन् २०२४ मा भएको विश्वकप खेलेका प्रतिश जिसी, अनिल कुमार शाह, अभिनाश बोहोरा, सागर ढकाल, कमल सिंह ऐरी र कुशल मल्ल टिमबाट बाहिरिँदा आरिफ शेख, बसिर अहमद, नन्दन यादव, शेर मल्ल र लोकेश बमले पहिलो पटक विश्वकप खेल्ने टिममा स्थान बनाएका छन्।

यो पटकको विश्वकप नेपालका खेलाडीका लागि मात्रै नभइ नेपाली समर्थकको लागि पनि निकै खास छ। छिमेकी राष्ट्र भारतमा हुने नेपालको सम्पूर्ण समूह चरणको खेल प्रत्यक्ष हेर्न पनि नेपालीहरूको लागि सहज हुनेछ। यसैको फलस्वरुप नेपालले खेल्ने खेलको टिकट सर्वाधिक माग हुने टिकटको दोस्रो स्थानमा रहेको छ। भारतपछि नेपालको टिकट सर्वाधिक बिक्री भएको आइसीसीले बताएको छ। नेपाल र इङ्ल्यान्डको खेलको टिकट त सोल्ड आउट नै भएको छ। यसपटक नेपालले अष्ट्रेलियन मूलका प्रशिक्षक स्टुअर्ट लको प्रशिक्षणमा विश्वकपको मैदानमा उत्रिँदैछ। नेपालले आफ्नो पहिलो खेल आइतबार इङ्ल्यान्डविरुद्ध खेल्दैछ।

Previous Post

दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग

Next Post

इलाम नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
इलाम नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

इलाम नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l