Saturday, June 14, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

दिल्लीमा पानीको चरम अभाव : कमाइको १० प्रतिशत पानीमै खर्च हुने गरेको गुनासो

राष्ट्र आवाज by राष्ट्र आवाज
June 8, 2025
in समाचार
0
दिल्लीमा पानीको चरम अभाव : कमाइको १० प्रतिशत पानीमै खर्च हुने गरेको गुनासो
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज – भारतको राजधानी नयाँदिल्लीमा पानीको चरम अभाव भएको छ । पानी अभावसँगै नागरिक महँगो मूल्य तिर्न बाध्य भएका छन् । सरकारले जडान गरेका धारामा पानी नआउँदा दिल्लीबासी महँगो मूल्यमा पानी किन्नुपर्ने बाध्यतामा परेका हुन् । साथै उनीहरुले कमाइको १० प्रतिशत पैसा पानी किन्नमै खर्च हुने गरेको दुःखेसो पोखेका बीबीसी हिन्दीले जनाएको छ ।

दिल्लीले भाक्रा व्यास व्यवस्थापन बोर्ड (बीबीएमबी) मार्फत पाइपलाइनमा आउने पानीमा कटौतीको सामना गर्नुपरेको छ । नयाँदिल्ली जनसङ्ख्याका हिसाबले भारतको सबभन्दा ठूलो शहर हो । सन् २०११ को जनगणनाअनुसार दिल्लीको जनसङ्ख्या डेढ करोडभन्दा धेरै थियो र यो निरन्तर बढ्दो छ ।

दिल्लीबासीलाई हरेक दिन झन्डै एक सय २९ करोड ग्यालन पानीको आवश्यकता पर्ने दिल्लीको खानेपानी बोर्डको अनुमान छ । तर, पुगनपुग एक करोड ग्यालन मात्रै आपूर्ति भइरहेको छ । दिल्लीमा अहिले दैनिक ३० करोड ग्यालन पानी अपुग छ ।

आवश्यकताअनुसार आपूर्ति नहुँदा दिल्लीको जनसङ्ख्याको ठूलो हिस्सा नराम्ररी प्रभावित भइरहेको छ । सरकारले वितरणको गरेको खानेपानीको पाइपबाट वा ट्याङ्करबाट किन्न मिल्ने पानीमा समेत पहुँच नभएकाहरुले निकै कष्टकर भोग्नु परेको छ । वितरण हुने पानीका लागि उपभोक्ताले निक्कै सास्ती खेप्नुपरेको छ ।

काउन्सिल अन एनर्जी, इन्भाइरोमेन्ट एण्ड वाटरका वरिष्ठ कार्यक्रम प्रमुख नितिन बस्सीका अनुसार दिल्लीको जल सङ्कटसँग लड्न दृष्टिकोण बदल्नुपर्ने आवश्यकता छ । पिउनेबाहेक सरसफाइ, निर्माण कार्यलगायतमा फिल्टर गरिएको फोहोर पानी प्रयोग गर्न सकिने उहाँको सुझाव रहेको बीबीसी हिन्दीले जनाएको छ । पानीको बढ्दो सङ्कटसँग जुध्न पानीप्रतिको दृष्टिकोण र दैनिक आनीबानीमा परिवर्तन नै आवश्यक भएको विज्ञहरु बताउँछन् ।

Previous Post

२०८२/०८३ को नीति तथा कार्यक्रम | मधेश प्रदेश सभा | प्रत्यक्ष प्रसारण

Next Post

कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्तिमा बस्नेले लालपुर्जा पाउने

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्तिमा बस्नेले लालपुर्जा पाउने

कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्तिमा बस्नेले लालपुर्जा पाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l