Saturday, June 14, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

भिजिट भिसा प्रकरणः बिचौलिया दोषी ठहर हुँदा अध्यागमनका कर्मचारीलाई सफाइ

सत्येन्द्र यादव by सत्येन्द्र यादव
June 3, 2025
in समाचार
0
भिजिट भिसा प्रकरणः बिचौलिया दोषी ठहर हुँदा अध्यागमनका कर्मचारीलाई सफाइ
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

जिल्ला अदालत काठमाडौँले सेटिङमा भिजिट भिसामा विदेश पठाएको आरोपमा मुद्दा दायर भएका अध्यागमन कार्यालयका ९ अधिकृतसहित १९ जनालाई सफाइ दिएको छ ।

सेटिङमा नक्कली कागजात बनाएर भिजिट भिसामा व्यक्तिहरूलाई विदेश पठाएको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयले अध्यागमनका ९ जना अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा चलाएको थियो । उक्त मुद्दामा जिल्ला अदालत काठमाडौँका न्यायाधीश रामप्रसाद शर्माको एकल इजलासले तीन जना बिचौलियालाई दोषी ठहर गर्दै अध्यागमनका ९ अधिकृतसहित अन्यलाई सफाइ दिएको हो।

अधिकृतहरू नरविर खड्का उक्त घटना भएको समयमा अध्यागमनका कार्यरत रहे पनि अन्य तारा बहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल भन्ने विष्णु प्रसाद आचार्य, विकास डंगोल, पिताम्बर रिमाल, सुजन फागो लिम्बू, पदम लामा र मनोज तामाङ त्यसवेला अन्यत्र सरुवा भइसकेको जिल्लाको पूर्णपाठमा उल्लेख छ ।

सबैले इन्कारी बयान दिएको, नक्कली कागजातमा विदेश जाने क्रममा पक्राउ परेका कौशिला मगर र लक्ष्मी राईको साथबाट बरामद प्रहरी रिपोर्ट र श्रम स्वीकृतिको प्रतिलिपि र सक्कल उनीहरूको साथबाट बरामद नभएको, अन्य प्रतिवादीहरूले अदालतमा उनीहरूको नाम नपोलेको आदि कारणले प्रहरी रिपोर्ट र श्रम स्वीकृतिसम्बन्धी कागज कीर्ते गरी बनाएको वस्तुनिष्ट प्रमाणबाट पुष्टि नहुने ठहर गरेको छ ।

उक्त मुद्दामा मनोज तामाङले प्रहरीसमक्ष विदेश पठाउन अधिकृत खड्कासँग मिलेर काम गर्ने गरेको तथा पदम लामाले खड्कालाई २ लाख रुपैयाँ दिन बाल्टिक होटलमा आफू पुगेको भनेर बयान दिएका थिए । यस्तै खड्काले उक्त रकम पदम लामाले दिएको स्वीकार गरेका थिए । विमानस्थलमा भिसा सहजीकरणका लागि एउटा समिति रहेकोमा त्यसमा कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णुप्रसाद आचार्य, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागो लिम्बू रहेकोमा सो समितिले एजेन्टमार्फत आउने रकम कहाँ विभाजन हुन्छ भन्ने आफूलाई थाहा नभएको बयान दिएका थिए । प्रतिवादीहरूको बयानबाट खड्का समेतका अध्यागमन अधिकृतहरूले रकम लिने गरेको नदेखिएको फैसलामा भनिएको छ ।

‘कुनै सरकारी कर्मचारीले आफूलाई कानुनले तोकेको जिम्मेवारी कानुनले तोकेको मापदण्डविपरीत गरेको छ वा निजले आफू सेवामा रहेको सेवा सञ्चालनसम्बन्धी कानुनले तोकेको आचरणसम्बन्धी नियमको विपरीत काम गरेको छ भने सो विषयमा सूक्ष्म निगरानी गरी निजउपर छुट्टै छानबिन गरी सेवा सञ्चालनसम्बन्धी कानुनअनुरुप अधिकार प्राप्त अधिकारीले आवश्यक प्रक्रिया पुर्‍याई कारबाही गर्न सक्ने विषय भएको हुँदा सो विषय प्रस्तुत लिखत कीर्तेसम्बन्धी मुद्दाको न्याय निरोपणको विषय हुन सक्ने नदेखिएकोले निज प्रतिवादीहरूले अनुसन्धान अधिकारी समक्षको बयानमा उल्लेख गरेबमोजिम निजहरूबिच रकम दिनुलिनु गरेको भन्ने कार्य प्रस्तुत लिखत किर्तेसम्बन्धी मुद्दामा न्याय निरोपणको विषय रहेको मान्न मिलेन,’ पूर्णपाठमा भनिएको छ ।

यस्तै जिल्लाले रामप्रसाद भण्डारी, दिनेश ज्ञवाली, रविन्द्र अर्याल, विनोद कार्की र केदार खड्काले विवादमा रहेको प्रहरी रिपोर्ट र श्रम स्वीकृतिसम्बन्धी कागजात किर्ते गरेको वस्तुनिष्ठ प्रमाणबाट पुष्टि नभएको भन्दै उनीहरूलाई पनि  सफाइ दिएको छ ।

यसैगरी विदेश जान लाग्दा समातिएकी कौशिला मगरले लिखत किर्तेसम्बन्धी कागजात आफैँ बनाएको भनी पुष्टि नहुने भन्दै उनले पनि सफाइ पाएकी छन् । जिल्लाले बिचौलियाहरू गीता शाह, अरुण दाहाल र सरोज कुमार यादवलाई भने कसुर गरेको ठहर गरेको छ ।

शाह र दाहाललाई ६ महिना कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला जिल्लाले गरेको छ । २०८० माघ २३ गतेको थुनछेक आदेशअनुसार शाह ५ लाख धरौटीमा छुटेकोमा कैद कट्टा गर्न बाँकी ३ महिना २३ दिनको २० हजार रुपैयाँ जरिवाना असुल गर्न तथा दाहाल २०८० मंसिर १७ देखि माघ २३ गतेसम्म मुद्दा पुर्पक्षका लागि थुनामा बसिसकेकाले ८०० रुपैयाँ दाखिल गराइ थुनामुक्त गर्न जिल्लाको फैसलामा भनिएको छ ।

यस्तै दोषी ठहर भएका अर्का बिचौलिया यादव पनि ७ लाख रुपैयाँ धरौटी तिरेर तारेखमा रहेको हुँदा धरौट रकम र अभियोग दाबीबाट सफाइ पाउने ठहर जिल्लाले गरेको छ ।

के थियो घटना ?

२०८० कात्तिक १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा कुवेत जाँदै गरेको अवस्थामा कौशिला मगर र लक्ष्मी राई पक्राउ परे । गीता शाह र अरुण दाहालमार्फत विदेश जान विभिन्न नक्कली श्रम स्वीकृति, प्रहरी रिपार्ट बनाएर ट्राभल एजेन्स सरोजकुमार यादवले विमानस्थलका अधिकृतसहितका कर्मचारीहरूसँग सेटिङ मिलाएर भिजिट भिसामा विभिन्न देशमा मानव तस्करी गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको थियो ।

भिजिट भिसा सेटिङमा अध्यागमनका अधिकृतहरू नरवीर खड्का, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागोको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको थियो ।

सेटिङमा विदेश जान लागेका ती दुई महिलाले गीता शाह र अरुण दाहालले नक्कली कागजात बनाएको महिलाको हकमा ५० हजार र पुरुषको हकमा १८ हजार रुपैयाँ लिने गरेको र विदेश उड्नका लागि ८ देखि १० लाख रुपैयाँ दिइसकेको बयान गरेका थिए । ट्राभल एजेन्ट सरोजकुमार यादवले सोमध्ये केही रकम अध्यागमन कार्यालयमा बुझाउँछु भनेको बयान दिएका थिए । त्यसक्रममा दाहालको अनलाइन सेवा अफिस कोठा खानतलासी गर्दा विभिन्न व्यक्तिको नामको राहदानी, नागरिकता र उनीहरूले प्रयोग गर्ने मोबाइल तथा अनलाइन अफिसमा जडान गरिएका ल्याप्टपसहित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जना बिचौलियालाई नियन्त्रणमा लिएको थियो ।

ट्राभल एजेन्ट यादवको झोलाबाट विभिन्न व्यक्तिहरूको नामको १७ थान राहदानी, राहदानीको फोटोकपी, एक प्रहरी रिपोर्ट, विभिन्न बैंकमा जम्मा गरिएका भौचरहरू, विभिन्न व्यक्तिको मेडिकल रिपोर्टलगायत कागजातहरू बरामद भएका थिए ।

यादवले भिजिट भिसामा व्यक्तिहरूको टिकट काट्ने र विमानस्थलभित्रको सम्पूर्ण प्रक्रिया आफूले मिलाउने गरेको तथा अध्यागमनका अधिकृतहरू नरवीर खड्कासहित ९ लाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ दिने गरेको बताएका थिए ।

यादवले पोल खोलेपछि काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले अधिकृत खड्कालाई पक्राउ गरी खोजतलास गरेको थियो । त्यसक्रममा खड्काको साथबाट २ लाख रुपैयाँ, केही थान यूएई दिराम, अमेरिकी डलर, भारतीय रुपैयाँ र एक थान एटीएम कार्ड फेला परेको थियो भने सेल्स अर्डर लेखिएको कागजातहरू पनि फेला परेको थियो ।

खड्काको बयानबाट अन्य बिचौलियाहरू लालबहादुर भगत, मनोज लामा तामाङ, पदम लामा, प्रकाश चौधरीको पनि संलग्नता खुलेको थियो । अनुसन्धानकै क्रममा त्यसअघि पनि विभिन्न नक्कली कागजात बनाएर व्यक्तिहरूलाई सेटिङमा विदेश पठाएको खुलेको थियो ।

Previous Post

रवि लामिछानेले रुपन्देही कारागारबाट काठमाडौँ सरूवा मागेपछि प्रशासनले अघि बढायो प्रक्रिया

Next Post

पूर्व प्रधानमन्त्री माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा दायर

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
पूर्व प्रधानमन्त्री माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्व प्रधानमन्त्री माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा दायर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l