Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

नागढुङ्गा सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 31, 2025
in समाचार
0
नागढुङ्गा सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज – सङ्घीय राजधानी काठमाण्डौ प्रवेश गर्ने मुख्य नाका नागढुङ्गाको यात्रा प्रायः सकसलाग्दो हुन्छ । गाडीको चापले घण्टौं जाममा बस्नुपर्ने बाध्यता छ ।

यही चाप र समस्या घटाउने सपना बोकेको छ नागढुङ्गा सुरुङमार्गले । ६ वर्षअघि शुरू भएको यो परियोजनामा अहिले निर्माणको ९० प्रतिशत भौतिक काम सकिएको छ । अबको ६ महिनामा सुरुङमार्ग सञ्चालन गर्ने तयारी छ ।

अहिले सुरुङभित्र विभिन्न प्रविधिहरू जडानको काम हुँदैछ । जापानी प्रविधिमा निर्माण भइरहेको यो सुरुङ नेपालकै पहिलो पूर्ण प्रविधियुक्त सडक सुरुङमार्ग हो ।

सुरुङमार्गको लम्बाइ झन्डै साढे दुई किलोमिटर अर्थात् दुई हजार ६ सय ८८ मिटर छ भने ३० मिटरको समानान्तर दूरीमा निर्माण गरिएको सहायक सुरुङको लम्बाइ दुई हजार पाँच सय ५७ मिटर छ । सहायक सुरुङ आपत्कालीन अवस्था वा उद्धारका लागि प्रयोग गरिनेछ । मुख्य सुरुङबाट सहायक सुरुङमा जानका लागि हरेक तीन सय ५० मिटरमा सात वटा आपत्कालीन ढोका छन् ।

भित्र दुई लेनको फराकिलो सडक, छतमा ठूलो भेन्टिलेसन पङ्खा, पर्खालमा सीसीटीभी, आपत्कालीन टेलिफोन बुथ, अग्नि सुरक्षा यन्त्र, अक्सिजन प्रवाह उपकरण, गाडी नियमन कन्ट्रोल रुम जस्ता सुविधा जडान गरिँदैछ । परियोजनाका इन्जिनियर रमेशप्रसाद कोइरालाका अनुसार यदि कुनै अवरोध आएन भने आउँदो पुस महिनादेखि सुरुङमार्ग सञ्चालनमा आउनेछ ।

शुल्क र सवारी नियमन : सुरुङमा गाडी चलाउन कति पैसा लाग्छ ?

सुरुङमार्ग प्रयोग गर्न गाडीले निश्चित शुल्क तिर्नुपर्नेछ । कार, भ्यान, पिकअप भित्रिँदा ७५ रुपैयाँ र बाहिरिँदा ५० रुपैयाँ शुल्क लाग्नेछ । त्यसैगरी मिनिट्रक भित्रिँदा १२५ रुपैयाँ र बाहिरिँदा ७५ रुपैयाँ लाग्नेछ । बस र ट्रक भित्रिँदा २५० रुपैयाँ र  बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ । त्यस्तै ठूला मालवाहक गाडी भित्रिँदा ५५० रुपैयाँ र बाहिरिँदा ३०० रुपैयाँ शुल्क लाग्ने छ ।

दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा आठ मिटरभन्दा लामो र साढे दुई मिटरभन्दा फराकिलो गाडीलाई प्रवेश अनुमति दिइने छैन । विस्फोटक वा अत्यधिक प्रज्वलनशील वस्तु बोकेका गाडीहरू सुरुङमा प्रवेश निषेध गरिएको छ ।

प्रभावित क्षेत्रका स्थानीयको मुख्य चासो सुरुङबाट निस्कने पानीको व्यवस्थापन छ । ‘सुरुङबाट आउने पानीले बस्तीमा असर नपरोस् भनेर योजना बनाइँदैछ । नगरपालिका, आयोजना र सरोकारवालाबीच सहकार्य भइरहेको छ,’ इन्जिनियर कोइरालाले भन्नुभयाे । ‘अहिले सुरुङ निर्माण चलिरहेकाले चर्का आवाज र धूँलाेकाे समस्या छ तर सञ्चालनमा आएपछि त्यहाँका बासिन्दाको दैनिकीमा परिवर्तन आउने अपेक्षा छ । पर्यटन, व्यापार र अन्य आर्थिक गतिविधि बढ्ने अपेक्षा छ ।

नयाँ बाटो, नयाँ सम्भावना

नागढुङ्गा सुरुङमार्ग केवल दूरी छोट्याउने परियोजना होइन । यो एउटा नयाँ आर्थिक, सामाजिक र भौगोलिक यथार्थको प्रवेशद्वार हो ।

यसले काठमाण्डौ र बाहिरी जिल्लाहरूबीचको यातायात व्यवस्थामा आमूल परिवर्तन ल्याउनेछ । समय बचत, इन्धन खपतमा कमी, जामको अन्त्य अनि दुर्घटनाको जोखिम न्यूनीकरण– यी सबै पक्ष सुरुङमार्गले सुधार्नेछ ।

सुरुङमार्गको काठमाण्डौपट्टि फ्लाइओभर निर्माण पनि अन्तिम चरणमा पुगेको छ जसले गाडीको सहज व्यवस्थापनमा थप सहयोग गर्नेछ ।

सुरुङबाट बाहिरिएपछि सीधै बलम्बुतर्फ लाग्ने छुट्टै लेन तोकिएको छ भने सुरुङमार्ग छिर्नका लागि छुट्टै मार्गको व्यवस्था गरिएको छ ।

वार्षिक राजस्व र दीर्घकालीन सम्भावना

सुरुङमार्गले वार्षिक झन्डै ७० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने अपेक्षा गरिएको नागढुङ्गा सुरुङ आयोजना कार्यालयका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीको भनाइ छ ।

गाडीको सङ्ख्या र सुरुङ प्रयोगकर्ता बढ्दै जाँदा यो आम्दानी अझै बढ्न सक्ने प्रक्षेपण गरिएको छ ।

यसैगरी सुरुङमार्ग सञ्चालनमा आएपछि सडकमा ट्राफिकको दबाव कम हुनेछ । त्यसले गर्दा सडक मर्मतको खर्चमा पनि कटौती हुनेछ ।

यो दीर्घकालीन फाइदा हो जुन प्रायः सतहमा देखिँदैन तर अर्थतन्त्रका लागि महत्त्वपूर्ण हुने इन्जिनियर पन्थी बताउनुहुन्छ ।

Previous Post

पाँच लाखभन्दा धेरै आप्रवासीको कानूनी मान्यता खारेज गर्न अमेरिकी सर्वोच्च अदालतको अनुमति

Next Post

राजसंस्था पक्षधरहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
राजसंस्था पक्षधरहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन

राजसंस्था पक्षधरहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l