बिरगंज – सरकारले आउँदो आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रधान एवम्अ र्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदाे आर्थिक वर्षको आय–व्ययको अनुमान पेश गर्नुभएको हो ।
बजेटका मुख्य बुँदा यस्ता छन् :
- बजेटको आकार बढ्यो, कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड
- कर्मचारीको तलब बढेन, महँगी भत्ता मासिक ५ हजार रुपैयाँ पुग्यो
- वृद्धभत्ता पाउन अब ७० वर्ष पुग्नपर्ने
- विद्युतीय गाडीको कर बढेन
- जाँड–रक्सी, चुरोट र सुर्तीको भाउ बढ्ने
- सार्वजनिक संस्थानको खर्चमा विदेश भ्रमण जान रोक
- सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टलाई आयकर र विद्युत् महसूल छुट
- डिजिटल कारोबारमा लाग्दै आएको कर हट्यो, कारोबार शुल्क पनि घट्ने
- १० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई ५ वर्षसम्म आयकर छुट
- ठूला राजमार्गलाई प्राथमिकता
- ग्रीन हाइड्रोजन उद्योगका उपकरण खरिदमा छुट
- महिलाका नाममा उद्योग दर्ता निःशुल्क
- सबै प्रदेशमा एक अस्पतालमा विशेष जलन सेवा
- सातै प्रदेशमा विशिष्टीकृत उपचार
- स्वास्थ्य बीमाको पुरानो बक्यौता तिरिने, सामाजिक सुरक्षा कार्यक्रम स्वास्थ्य बीमाअन्तर्गत हुने
- नेपालमा बसेर विदेशमा सेवा दिनेले अब ५ प्रतिशतमात्र आयकर तिरे पुग्ने
- समस्यामा परेका उद्योगीलाई ब्याज जरिवानामा छुट
- सूचना प्रविधि र होटललाई आयकर छुट
- हरेक वर्ष एकपटक केवाईसी भर्नुपर्ने
- स्टार्टअप उद्यमीलाई ३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइने
- विद्यार्थीलाई हप्तामा २० घण्टा कामको व्यवस्था
- एसईई प्रदेशबाट सञ्चालन गर्ने
- मुसहर, डोम र चमार समुदायलाई चिकित्सा शिक्षामा छात्रवृत्ति
- विदेशी विद्यार्थीलाई निःशुल्क भिसा उपलब्ध गराइने
- उच्च शिक्षासम्बन्धी छाता ऐन बनाइने
- तराई–मधेश द्रुतमार्ग निर्माण २०८४ मा सम्पन्न गर्ने
- काठमाण्डाै–हेटौँडा रोपवेको सट्टा नवीन प्रविधिको पोडवे सञ्चालनका लागि अध्ययन गरिने
- एक वर्षमा ९४२ मेगावाट बिजुली थपिने
- बिजुलीको शुल्क समय अनुसार फरक हुने
- मङ्सिर १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादनमा रोक लगाइने
- उपभोक्ता अदालत सबै प्रदेशमा विस्तार गर्ने

