जेठ १४ – मंगलबार वीरगन्जमा सम्पन्न प्रधानाध्यापक संघ नेपाल, पर्सा (PAN) को दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट अध्यक्षमा पुनः विनोद मेहता सर्वसम्मत चयन हुनुभएको छ भने, सचिव पदमा मुकलेश राउत गद्दी निर्वाचित हुनुभएको छ।


कार्यसमितिको अन्य पदाधिकारीमा उपाध्यक्ष मनोज कुमार श्रीवास्तव, सह–सचिव सुरज नारायण पटवारी, कोषाध्यक्ष अनिता कुमारी साह चयन हुनुभएको छ। यस्तै, १७ सदस्यीय समितिमा विभिन्न क्षेत्रका अनुभवी शिक्षकहरू समावेश छन्।
नव-निर्वाचित टिमलाई जिल्लाभरका शिक्षक, अभिभावक र सरोकारवालाबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ।

