Tuesday, January 20, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

‘सञ्चार क्षेत्रलाई प्राथमिकतामा राख्नेगरी छलफल अघि बढाएको छु’-सिंह

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 27, 2025
in समाज, सूचना/प्रविधि
0
‘सञ्चार क्षेत्रलाई प्राथमिकतामा राख्नेगरी छलफल अघि बढाएको छु’-सिंह
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

जेठ १३ – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रलाई प्राथमिकतामा राख्नेगरी छलफल अघि बढाएको बताउनुभएको छ ।

पत्रकार र सञ्चार क्षेत्रको हितका लागि विभिन्न विषयवस्तुहरु समावेश गरिएको ध्यानाकर्षण पत्र बुझाउन सोमबार मुख्यमन्त्रीको सरकारी निवास मधेश भवन पुगेका नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा नेतृत्वको पत्रकारको टोलीलाई सम्बोधन गर्ने क्रममा उहाँले ध्यानाकर्षणपत्रमा उल्लेख भएका धेरैजसो विषयवस्तुलाई अगामी नीति तथा कार्यक्रममा समेटन लागेको बताउनुभयो ।

उहाँले नेपाल पत्रकार महासंघ मधेश प्रदेशको भवन निर्माणका लागि चालु आर्थिक वर्षमा पनि बजेट विनियोजन भएको उल्लेख गर्दै भवन निर्माणका लागि आवश्यक जग्गाको अभावमा यस वर्ष सो बजेट सञ्चालन हुन नसकेको बताउनुभयो ।

उहाँले पत्रकार महासंघ मधेश प्रदेशको भवन निर्माणका लागि आवश्यक जग्गाको टुङ्गो लाग्नेवित्तिकै प्रदेश सरकारले त्यसका लागि बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बजेट ल्याउनुभन्दा अघि जग्गाको टुङ्गो लगाउनुस् । हामी बजेट व्यवस्थापन गर्छौ । उहाँले प्रदेश सरकारसँग सीमित स्रोतसाधन रहेको भन्दै अटाउन सकिने विषयहरुलाई अगामी आर्थिक वर्षको वजेटमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ध्यानाकर्षणपत्रमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा भाडाको घर लिएर सञ्चालन हुँदैआएको नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यालयको आर्थिक अभावका कारण समुचित व्यवस्थापनमा कठिनाइ भइरहेको र दैनिक कार्य सञ्चालन तथा गतिविधिहरु सञ्चालन गर्न चुनौतीपूर्ण भइरहेको उल्लेख छ ।

प्रदेशको विभिन्न जिल्लाबाट मधेशको राजधानी जनकपुरधाम आउने पत्रकारलाई आवास तथा कार्यसम्पादनमा असहजता रहेको भन्दै यस्ता समस्या समाधान गर्न महासंघको स्थायी भवन निर्माणको योजना अघि बढेको र गुठी संस्थानसँग आवश्यक जग्गा लिजमा प्राप्तिको अन्तिम चरणमा रहेकाले भवन निर्माणका लागि आवश्यक बजेट विनियोज गर्न माग गरिएको छ ।

Previous Post

आईपीएल क्रिकेटमा पन्जाबले मुम्बईलाई ७ विकेटले हरायो : पन्जाब पहिलो क्वालिफायरमा प्रवेश

Next Post

बसको ठक्करबाट तीनजनाको मृत्यु, चारजना घाइते

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
बसको ठक्करबाट तीनजनाको मृत्यु, चारजना घाइते

बसको ठक्करबाट तीनजनाको मृत्यु, चारजना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l