Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

मधेस प्रदेशमा निर्जीवन बिमाबाट सवा दुई अर्ब सङ्कलन

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 25, 2025
in अर्थ, समाचार, समाज, सूचना/प्रविधि
0
मधेस प्रदेशमा निर्जीवन बिमाबाट सवा दुई अर्ब सङ्कलन
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

जेठ ११ – नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बिमातर्फ दुई अर्ब १५ करोड ७६ लाख रुपैयाँ बिमा शुल्क सङ्कलन गरेको छ ।

सोही अवधिमा भने निर्जीवन बिमातर्फ जारी बिमा लेख सङ्ख्या भने दुई लाख ५९ हजार ४ सय ७५ रुपैयाँ रहेको छ ।

निर्जीवन बिमातर्फ सात हजार १२४ सङ्ख्याले एक अर्ब ६० करोड २६ लाख रुपैयाँ रकम दाबी भुक्तानी माग गरेका छन् । तर, कार्यालयले सो माग गरेकामध्ये पाँच हजार ५८५ जनालाई एक अर्ब आठ करोड ४३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ ।

नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख प्रीति देवले मधेस प्रदेशमा पर्याप्त जनचेतनाको अभावले बिमाप्रति सर्वसाधारणको आकर्षण अपेक्षाकृत रुपमा बढ्न नसकेको जानकारी दिइन् ।

“हामीले बिमा सम्बन्धित साक्षारता अभियान सञ्चालन गर्दै आइरहेका छौँ”, उनले भनिन, “आगामी दिनमा बिमाको पहुँच अभिवृद्धि हुनेमा आशावादी रहेका छौँ ।”

कार्यालयले चालु आवको नौ महिनामा जीवन बिमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रुपैयाँ रकम सङ्कलन गरेको छ । यो अवधिमा मधेस प्रदेशमा ८६ हजार छ सय ७० वटा जीवन बिमाको बिमालेख सङ्ख्या रहेको छ ।

जीवन बिमा शुल्क सङ्कलनमा मधेस प्रदेशको हिस्सा नौ दशमलव २४ प्रतिशत रहेको छ । चैतसम्ममा जीवन बिमातर्फको दाबी भुक्तानी सङ्ख्या १७ हजार २६८ बाट दुई अर्ब ५४ करोड ६० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कार्यालयले गत आवको वर्षभरिमा भने जीवन बिमातर्फको दाबी भुक्तानी सङ्ख्या २१ हजार ९०४ सङ्ख्याबाट दुई अर्ब ८७ करोड ७४ लाख रुपैयाँ रकम भुक्तानी गरेको थियो ।

Previous Post

पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको टोली चीन उड्यो

Next Post

आजका लागि विदेशी मुद्राको विनिमयदर

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l