वीरगञ्ज, । वीरगञ्जको मुरली बगैँचामा अवस्थित मोडर्न पब्लिक कलेज (MP College) ले दशैंको विशेष अवसरमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीहरूबीच स्पिच प्रेजेन्टेसन कार्यक्रम आयोजना गर्नुका साथै दशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
विद्यार्थीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा प्रस्तुति सीपलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्याम्पसका म्यानेजिङ डाइरेक्टर रामबाबु यादवले बीबीए प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै दशैंको विशेष शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन उमेश कुशवाहाले स्वागत मन्तव्यसहित गर्नुभएको थियो। कार्यक्रममा माइक्रो इकोनोमिक्सकी शिक्षिका एन्जेल गुप्ता, बिजनेस म्याथका शिक्षक प्रजापति मोजाहिर तथा कम्प्युटर विषयका शिक्षक प्रभुरामले विद्यार्थीहरूलाई दशैंको शुभकामना दिँदै अध्ययन, अनुशासन र व्यावहारिक सीप विकासको महत्त्वबारे आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीहरूले पनि मोडर्न पब्लिक कलेजमा अध्ययन गर्न पाउँदा गर्व महसुस भएको अनुभव सुनाएका थिए। कलेजले विद्यार्थीहरूको चौतर्फी विकासका लागि आयोजना गरेको स्पिच प्रेजेन्टेसन कार्यक्रममार्फत आफ्नो ज्ञान, सीप तथा अनुभव प्रस्तुत गर्न पाएकोमा उनीहरूले कलेजप्रति आभार व्यक्त गरेका थिए।
यसैबीच, मोडर्न पब्लिक कलेजले बीबीए अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि भर्ना अभियानसमेत सञ्चालन गरिरहेको जनाएको छ। कलेजले भर्ना हुने विद्यार्थीहरूलाई ल्यापटप उपलब्ध गराउने व्यवस्था गरेको पनि जानकारी दिइएको छ।
विद्यार्थीहरूको शैक्षिक गुणस्तर, नेतृत्व क्षमता, सञ्चार सीप तथा व्यावहारिक ज्ञान अभिवृद्धिमा जोड दिँदै आएको कलेजले यस्ता कार्यक्रममार्फत विद्यार्थीहरूलाई अध्ययनसँगै अतिरिक्त सीप विकासका अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।
