Sunday, September 27, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

देशका विभिन्न नदीमा बाढीको जोखिम बढ्यो, नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

राष्ट्र आवाज by राष्ट्र आवाज
September 27, 2026
in समाचार, समाज
0
देशका विभिन्न नदीमा बाढीको जोखिम बढ्यो, नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

उर्लेको नारायणी नारायणगढ (चितवन), १० असोजः अविरल वर्षासँगै बढेको नारायणगढस्थित नारायणी नदीको सतह । नारायणीमा बाढीको सतह चेतावनी तह पार गरी खतराको तह नजिक पुगेको छ । बिहान ९ बजेर १० मिनेटमा देवघाटस्थित जलमापन केन्द्रमा बाढीको तह ८ दशमलव ३८ मिटर मापन गरिएको थियो । नारायणीमा ७ दशमलव ३ मिटरलाई चेतावनी र नौ मिटरलाई खतराको तह मानिन्छ । तस्बिरः सनद अधिकारी÷रासस

0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा जलसतह बढेपछि बाढीको जोखिम बढेको छ ।

बाढी पूर्वानुमान महाशाखाले विभिन्न नदी तथा खोलाको तल्लो तटीय क्षेत्र र डुबान भइरहने स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार नारायणी नदीको देवघाटमा जलसतह खतरा तह नजिक पुगेको छ । जलसतह बढ्दो क्रममा रहेकाले डुबान भइरहने स्थानका बासिन्दालाई आज बेलुकासम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

त्यस्तै, कालीगण्डकी नदीको पर्वतस्थित मोदीबेनी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह अझै बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ। म्याग्दीको म्याग्दी मंगलघाट जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ।

वाणगंगा खोलामा पनि बाढी बढिरहेको र जलसतह अझै बढ्न सक्ने भएकाले डुबान भइरहने क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसैगरी, बुटवलस्थित तिनाउ नदीको जलमापन केन्द्रमा गएराति जलसतहले सतर्कता तह पार गरेको थियो। नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागका बासिन्दालाई आज बेलुकासम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाट क्षेत्रमा पनि अविरल वर्षाका कारण पानीको सतह बढेको छ। पानीको सतह बढ्दै गएपछि नदी किनारमा रहेका पोखरा–९ र पोखरा–११ का सुकुम्बासी बस्ती, रामघाट, शान्तिघाट तथा बौद्ध गुम्बाका शवदाह गृहसमेत जलमग्न भई जोखिममा परेका छन्।

महाशाखाले बाढीको जोखिम रहेका नदी तथा खोलामा जलसतह थप बढ्न सक्ने भएकाले नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन तथा स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी हुने सूचना र निर्देशनलाई ध्यान दिन आग्रह गरेको छ।

Previous Post

Next Post

वीरगंज लेडिज सर्कल ३ द्वारा वीरगंज कपडा बैंकको सहकार्यमा मनियारीमा निःशुल्क कपडा वितरण ।

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वीरगंज लेडिज सर्कल ३ द्वारा वीरगंज कपडा बैंकको सहकार्यमा मनियारीमा निःशुल्क कपडा वितरण ।

वीरगंज लेडिज सर्कल ३ द्वारा वीरगंज कपडा बैंकको सहकार्यमा मनियारीमा निःशुल्क कपडा वितरण ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l