लालबाबु सिंह २२ चैत्र बिरगंज । क्वाइनोनिया बिरगंज चर्च द्वारा रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । रक्तदान नै जिवनदान हो को नारालाई मुलमन्त्र बनाइ बिरगंज १६ मिथिलानगरमा स्थित क्वाइनोनिया बिरगंज चर्चले देश समाजमा रहेको बिकृती कुप्रथाहरुको विभिन्न कार्यक्रम मार्फत बिरोध गर्दै ,जनचेतना फैलाउदै निर्मुल पार्नुको साथै दिन दुखी असहाय बिपन्नको सेवा सहयोग गर्दै आएको चर्चले रक्तसञ्चार केन्द्र बिरगंजमा रगतको अभाव भएको खबर प्राप्त भए पश्चात् आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा २३ महिला सहित ७९ जनाले रक्तदान गरेका हुन । रक्तदान गर्नेहरुमा कार्यक्रम संयोजक जेबिना महर्जन, राधिका महर्जन ,रविता महर्जन ,प्रीया मिश्रा,तब्बसुम बेगम,बिभा यादव,आसमीन बेगम ,पुष्पा महर्जन ,रेशमा पोखरेल ,काजल सिजाली,सम्झना घिमिरे, कविता पासवान ,शर्मिला सुनार,क्षेत्र बहादुर क्षेत्री ,विशाल सिंह ,अन्श पन्डित,नरेन्द्र चौधरी लगायत रक्तदाताहरुले रक्तदान गरि मानवता बलियो बनाएका थिए ।
सो रक्तदान कार्यक्रमका प्रमुख अतिथी बिरगंज महानगर १६ का वडाअध्यक्ष परशुराम चौरसियाले बिरगंजमा रगतको कमि भएको समयमा रक्तदान कार्यक्रमको आयोजना गरेकोमा मुरि मुरि प्रसंशा गर्दै रक्तदान भनेको दिनेलाइ केही घाटा हुदैन तर लिने लाई त फाईदा नै फाईदा मात्र हुने हैन की जीवन नै बाच्ने भएकोले हामी सबैले प्रत्येक ३ तीन महिनामा रक्तदान गरि कसैको जिवन जोगाएर मानवता बलियो बनाउन आग्रह गरेका थिए ।
बिशिस्ट अतिथी नेपाल रेडक्रस सोसाइटी पर्साका सभापती बृजकिशोर पटेलले बढदो गर्मी संगै रक्तसञ्चार केन्द्र बिरगंजमा रगतको अभाव भएकोले बिरगंजको नारायणी अस्पताल लगायत विभिन्न अस्पतालहरुमा उपचाररत बिरामिहरुको उपचारमा निकै समस्या आइरहेको विषम समयमा रक्तदान गर्न गराउन सम्पुर्णले हातेमालो गरि मानवता बलियो बनाउनमा जोड दिदै आदरणीय रक्तदाता एवं आयोजक परिवार प्रती आभार प्रकट गरेका थिए ।
सो अवसरमा शिक्षाविद मार्टिन मोक्तानले रक्तदान नै जिवनदान भएकोले हामी सबैले प्रत्येक ३ तीन महिनामा रक्तदान गरि कसैको जीवन जोगाउने पुण्यको सुकार्य गर्न आग्रह गर्दै रक्तदाताहरु प्रती आभार जताएका थिए ।
क्वाइनोनिया बिरगंज चर्चको सभाहलमा आयोजित सो कार्यक्रम चर्चका पाष्टर राजकुमार घोमिरेको अध्यक्षता एवं बिरगंज १६ का वडाअध्यक्ष परशुराम चौरसियाको प्रमुख आतिथ्य एवं नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल,बिरगंज कपडा बैंक का अध्यक्ष लालबाबु सिंह ,राष्ट्रिय सम्पदा संरक्षण अभियानका सन्योजक जफर अन्सारी,कन्चनजंघा स्कुलका डाइरेक्टर शिक्षाविद मार्टिन मोक्तानको बिशिस्ट आतिथ्यमा अतिथिहरु पर्सा ख्रीस्टिय समाजका अध्यक्ष पाष्टर सिमोन राई , समाजसेवी राजेन्द्र भट्टराई , क्वानोनिया बिरगंज चर्चका एल्डर क्षेत्र बहादुर क्षेत्री लगायत चर्चका पदाधिकारी सदस्यहरु एवं स्थानिय अग्रज,महिला ,युवाहरुको बाक्लो सहभागिता रहेको कार्यक्रम सन्योजक चर्चका जेबिना महर्जनले बताए ।
सो अवसरमा सहभागि बिशिस्ट अतिथि एवं अतिथि वक्ताहरुका साथै केही रक्तदाताहरुले हामिले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिने भएकोले यस्तो पवित्र कार्य गर्ने सबै इश्वरका साक्षात दुत हुन भन्दै सम्पुर्ण युवा ,अग्रज, महिलाहरुलाइ रक्तदान गर्न आग्रह गर्दै आयोजक परिवारलाइ बधाई धन्यवाद प्रदान गरेका थिए ।
सो अवसरमा अध्यक्ष घिमिरेले रक्तसञ्चार केन्द्र बिरगंजमा रगतको अभाव भएको छोटो समयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको र हाम्रो निमन्त्रणालाई स्विकार गरि रक्तदान गरि मानवता बलियो बनाउने आदरणीय रक्तदाताहरु एवं प्रमुख अतिथी, बिशिस्ट अतिथी ,अतिथी लगायत सम्पुर्ण सहयोगी हातहरुलाइ हार्दिक आभार प्रकट गरेका थिए ।

