Tuesday, March 31, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

हनुमान जन्मोत्सवमा प्राचीन महावीर मन्दिरमा सामूहिक महाआरती हुने

राष्ट्र आवाज by राष्ट्र आवाज
March 31, 2026
in समाचार, समाज, सम–सामयिक
0
हनुमान जन्मोत्सवमा प्राचीन महावीर मन्दिरमा सामूहिक महाआरती हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्जको मेनरोडस्थित ऐतिहासिक तथा प्राचीन श्री महावीर मन्दिरमा यस वर्ष हनुमान जन्मोत्सव भव्य रूपमा मनाइने भएको छ। आगामी चैत्र १९ गते बिहीबार आयोजना हुने उक्त अवसरमा सामूहिक महाआरतीको विशेष तयारी गरिएको छ।

वीरगन्ज महानगरपालिका–६ का वडा अध्यक्ष जयप्रकाश शाहको संयोजनमा सञ्चालन हुने कार्यक्रममा साँझ ६ बजे महाआरती सम्पन्न गरिनेछ भने त्यसपछि ७:३० बजे भक्तजनहरूबीच प्रसाद वितरण गरिने कार्यक्रम रहेको छ।

श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिका आमन्त्रित सदस्य तथा ज्योतिष एवं वास्तुविद् डा. पुरुषोत्तम दुबेले हनुमान जन्मोत्सवले समाजमा सकारात्मक ऊर्जा, शान्ति र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले सम्पूर्ण श्रद्धालुहरूलाई कार्यक्रममा सहभागी भई बजरंगबलीको आशीर्वाद लिन आग्रह गर्नुभएको छ।

कार्यक्रम सफल बनाउन श्री महावीर मन्दिर समिति, साप्ताहिक सुन्दरकाण्ड प्रचार समिति, साप्ताहिक हनुमान चालिसा पाठ समिति, श्याम नवयुवक मण्डल, मारवाडी महिला मञ्च र रानी सती ज्योति मण्डललगायत विभिन्न संघसंस्थाहरू सक्रिय रूपमा जुटेका छन्।

भक्तजनको उल्लेख्य सहभागिता हुने अनुमान गर्दै स्थानीय प्रशासनले सुरक्षा तथा व्यवस्थापनका लागि विशेष तयारी गरेको छ। यस कार्यक्रमले वीरगन्जको धार्मिक वातावरणलाई थप सशक्त बनाउँदै सांस्कृतिक पहिचान र धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Previous Post

माईस्थान बिधापीठ मा.वि., वीरगंजमा भव्य स्वागत तथा विदाई समारोह सम्पन्न

Next Post

पूर्वसीडीओ छवि रिजाल पक्राउ : दमन र भ्रष्टाचार आरोपमा राजनीतिक तरंग

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पूर्वसीडीओ छवि रिजाल पक्राउ : दमन र भ्रष्टाचार आरोपमा राजनीतिक तरंग

पूर्वसीडीओ छवि रिजाल पक्राउ : दमन र भ्रष्टाचार आरोपमा राजनीतिक तरंग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l