Wednesday, April 15, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

माईस्थान बिधापीठ मा.वि., वीरगंजमा भव्य स्वागत तथा विदाई समारोह सम्पन्न

राष्ट्र आवाज by राष्ट्र आवाज
March 28, 2026
in समाचार
0
माईस्थान बिधापीठ मा.वि., वीरगंजमा भव्य स्वागत तथा विदाई समारोह सम्पन्न
9
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter

 

अनुप यादव, वीरगंज — माईस्थान बिधापीठ माध्यमिक विद्यालय, वीरगंजमा कक्षा १२ का विद्यार्थीहरूको विदाई तथा कक्षा ११ का नयाँ विद्यार्थीहरूको स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालय परिसरमा आयोजित उक्त समारोहमा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक मुनिलाल कर्ण, शिक्षकहरू जयप्रकाश सर्राफ, अमोद गिरी, कनैया सर्राफ, सुसिल ठाकुर, उमेश कुश्वाहा, मनोज बर्णवाल तथा शिक्षिकाहरू करुणा दत्त र अरुणा आनन्द, अभिभावक एवं विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य, गीत तथा मनोरञ्जनात्मक गतिविधिहरूसहित उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। विद्यार्थीहरूले आफ्ना प्रतिभा प्रस्तुत गर्दै उपस्थित सबैको मन जितेका थिए।

कार्यक्रमका प्रमुख अतिथिले कक्षा १२ का विद्यार्थीहरूलाई आगामी शैक्षिक तथा व्यावसायिक यात्राका लागि शुभकामना व्यक्त गर्दै अनुशासन, मेहनत र लगनशीलतालाई सफलताको आधार बनाउन सुझाव दिनुभयो। साथै, कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई विद्यालयका नियमहरूको पालना गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न प्रेरित गरिएको थियो।

विदाई लिने विद्यार्थीहरूले विद्यालयमा बिताएका अविस्मरणीय क्षणहरूको स्मरण गर्दै शिक्षक तथा विद्यालय परिवारप्रति कृतज्ञता व्यक्त गरेका थिए भने स्वागत गरिएका विद्यार्थीहरूले नयाँ वातावरणमा अध्ययन गर्न पाउँदा खुशी व्यक्त गरेका थिए।

समारोहले विद्यार्थीहरूबीच आपसी सम्बन्ध अझ सुदृढ बनाउनका साथै सकारात्मक शैक्षिक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको विद्यालय प्रशासनले जनाएको छ।

Previous Post

ओली पक्राउको विरोधमा माइतीघरमा दिउँसो ३ बजे प्रदर्शन हुँदै

Next Post

हनुमान जन्मोत्सवमा प्राचीन महावीर मन्दिरमा सामूहिक महाआरती हुने

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
हनुमान जन्मोत्सवमा प्राचीन महावीर मन्दिरमा सामूहिक महाआरती हुने

हनुमान जन्मोत्सवमा प्राचीन महावीर मन्दिरमा सामूहिक महाआरती हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l