पूर्वप्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली को पक्राउलाई प्रतिशोधपूर्ण र बदलाभावपूर्ण ठहराउँदै नेकपा एमाले ले विरोध जनाएको छ।
शनिबार दिउँसो ३ बजे माइतीघरमा एमालेका जनसंगठनहरूले प्रदर्शन सुरु गरेका छन्। पार्टीले लोकतन्त्र, विधिको शासन र न्यायको पक्षमा उभिन सबैलाई सहभागिताका लागि आह्वान गरेको छ।
त्यसैगरी, काठमाडौंका विभिन्न स्थानमा कार्यकर्ताहरू सडकमा उत्रिएका छन्। सचिवालय बैठकका बेला चावहिल लगायतका क्षेत्रमा कार्यकर्ताले प्रदर्शन गरेका थिए।
ओली र पूर्व गृहमन्त्री रमेश लेखक को पक्राउ गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको घटनाको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसको आधारमा गरिएको थियो।

