काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ४ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजना हुने जनाइएको छ।
बैठकमा संसदीय दलको नेता चयनलगायत विभिन्न एजेण्डामाथि छलफल हुने पार्टीले जनाएको छ। केन्द्रीय समिति बैठकपछि संसदीय दलको बैठक बसेर औपचारिक रूपमा नेता चयन गरिने कार्यक्रम तय गरिएको छ।
रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठकमार्फत संसदीय दलको नेतामा Balendra Shah लाई चयन गर्ने तयारी गरेको स्रोतले जनाएको छ।
आज संसदीय दलको नेता चयन भएपछि भोलि शुक्रबार Balendra Shah ले प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको बताइएको छ।
यस निर्णयसँगै देशको राजनीतिक परिदृश्यमा नयाँ मोड आउने अनुमान गरिएको छ।
अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद