Tuesday, March 31, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

चैते दशैंको अवसरमा वीरगंज महानगरपालिकामा मौलो पूजा सम्पन्न

राष्ट्र आवाज by राष्ट्र आवाज
March 26, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
चैते दशैंको अवसरमा वीरगंज महानगरपालिकामा मौलो पूजा सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैते दशैंको पावन अवसरमा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आज महानगरपालिकाको कार्यालय परिसरमा विधिपूर्वक मौलो पूजा तथा अर्चना गर्नुभएको छ।

परम्परागत धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार महानगर प्रहरी तथा बारुण यन्त्र (दमकल) तर्फ स्थापना गरिएको मौलोमा नगर प्रमुख सिंहले पूजा अर्चना गर्दै नगरवासीको सुख, शान्ति, समृद्धि तथा विपद्‌बाट सुरक्षा प्राप्तिको कामना गर्नुभएको थियो।

हरेक वर्ष चैते दशैंका अवसरमा गरिने यस प्रकारको पूजा कार्यक्रमले धार्मिक आस्था संरक्षण गर्नुका साथै सुरक्षासँग सम्बन्धितनिकायप्रति सम्मान प्रकट गर्ने परम्परालाई निरन्तरता दिएको छ। कार्यक्रममा महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, महानगर प्रहरी तथा बारुण यन्त्रका कर्मचारीहरूको सहभागिता रहेको थियो।

पूजा पश्चात नगर प्रमुख सिंहले धार्मिक तथा सांस्कृतिक परम्पराले समाजमा सकारात्मक ऊर्जा र एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता संस्कारहरूको संरक्षण आवश्यक रहेको उल्लेख गर्नुभयो।

चैते दशैं नेपाली हिन्दू समुदायले शक्ति स्वरूपा देवीको आराधना गरी मनाउने महत्वपूर्ण पर्वका रूपमा मानिन्छ। यस अवसरमा विभिन्न शक्तिपीठ तथा सार्वजनिक स्थलहरूमा विशेष पूजा, आराधना र धार्मिक कार्यक्रमहरू आयोजना गरिने परम्परा रहेको छ।

Previous Post

माईस्थान संचालक समिती द्वारा राउन्ड टेबल नेपालको सहयोगमा रक्तदान कार्यक्रम आयोजना ,६५ जनाले गरे रक्तदान ।

Next Post

बार एसोसिएसनद्वारा जाँचबुझ आयोगको प्रतिवेदनप्रति असहमति

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
बार एसोसिएसनद्वारा जाँचबुझ आयोगको प्रतिवेदनप्रति असहमति

बार एसोसिएसनद्वारा जाँचबुझ आयोगको प्रतिवेदनप्रति असहमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l