Wednesday, April 15, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

कलवार कल्याण समिति वीरगञ्जको २६औँ वार्षिक साधारण सभा सम्पन्न, उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा छात्रवृत्ति प्रदान

राष्ट्र आवाज by राष्ट्र आवाज
March 22, 2026
in समाचार, समाज, सम–सामयिक
0
कलवार कल्याण समिति वीरगञ्जको २६औँ वार्षिक साधारण सभा सम्पन्न, उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा छात्रवृत्ति प्रदान
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

 

कलवार कल्याण समिति, आदर्शनगर, वीरगञ्जको आयोजनामा २६औँ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम समितिका अध्यक्ष शम्भु प्रसाद कलवारको अध्यक्षता तथा प्रमुख अतिथि शिवजी प्रसाद कलवारको आतिथ्यमा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा स्वागत नृत्य नवदिप एकेडेमीका विद्यार्थीहरु द्वारा गरिएको थियोे।उक्त कार्यक्रममा विशिष्ट अतिथिहरूमा कृष्ण कुमार गुप्ता, वृजकिशोर प्रसाद, विश्वामित्र प्रसाद कलवार, भोला प्रसाद कलवार, बिरेन्द्र कुमार तथा अमिरिलाल प्रसाद कलवार लगायत कार्यसमिति सदस्य एवं पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवात प्रमुख अतिथि तथा पदाधिकारीहरूले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए।

कार्यक्रममा समितिले पर्सा जिल्लाभित्र बसोबास गर्ने कलवार समुदायका विद्यार्थीहरूलाई लक्षित गर्दै शैक्षिक वर्ष २०८२ (बैशाखदेखि चैतसम्म) मा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र-छात्राहरूलाई छात्रवृत्ति, पुरस्कार तथा सम्मान प्रदान गरेको जनाएको छ।

समितिका अनुसार S.E.E., कक्षा १२, स्नातक, स्नातकोत्तर (मास्टर्स) तथा पि.एच.डी. तहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार, सम्मानपत्र तथा सम्मान प्रदान गरिएको थियो। यसैगरी S.E.E. मा सर्वोत्कृष्ट अंक ल्याउने एक जना विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गरिने व्यवस्था समेत गरिएको जानकारी दिइएको छ।कार्यक्रम संचालन कलवार कल्याण समिति वीरगञ्जका सचीव श्याम गुप्ताले गरेका थिए।

समितिले शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Previous Post

बिरगञ्जमा महिलालाई स्वरोजगार बनाउन १ महिने डलकुशन तालिम सुरु

Next Post

सुनको भाउ ६ हजार ५०० रुपैयाँले घट्यो

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
सुनको भाउ ६ हजार ५०० रुपैयाँले घट्यो

सुनको भाउ ६ हजार ५०० रुपैयाँले घट्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l