जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सुदीप्राज पाठक उत्कृष्ट कार्यसम्पादनका लागि पुरस्कृत भएका छन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई सम्मान गरेको हो।
पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रमा निर्वाचन निष्पक्ष, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन योगदान पुर्याएको मूल्यांकन गर्दै एसपी पाठकलाई पुरस्कृत गरिएको जनाइएको छ।
प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले एआइजिपीदेखि प्रहरी जवानसम्मका कुल ६९ जना प्रहरी कर्मचारीलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेका हुन्। सोही निर्णयअन्तर्गत एसपी पाठकलाई पनि सम्मान गरिएको हो।
प्रहरी प्रधान कार्यालयले निर्वाचन अवधिमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई प्रोत्साहनस्वरूप पुरस्कृत गर्ने परम्परा अनुरूप यसपटक पनि विभिन्न तहका प्रहरी कर्मचारीहरूलाई सम्मान गरेको जनाएको छ।

