Friday, May 1, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखाको आयोजनामा ग्लोबल मनी वीक २०२६: वीरगञ्जमा प्रभातफेरी गरि सम्पन्न

राष्ट्र आवाज by राष्ट्र आवाज
March 19, 2026
in समाचार, समाज, सम–सामयिक
0
नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखाको आयोजनामा ग्लोबल मनी वीक २०२६: वीरगञ्जमा प्रभातफेरी गरि सम्पन्न
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज -नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखाको आयोजनामा “ग्लोबल मनी वीक २०२६ (GMW 2026)” को अवसरमा प्रभातफेरी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “Smart Money Talk, Open Up, Start to Talk, Grow with Financial Knowledge” भन्ने नारासहित आयोजित उक्त कार्यक्रमले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।

प्रभातफेरी वीरगञ्ज स्थित नेपाल राष्ट्र बैंकको शाखाबाट सुरु भई मकालु चौक हुँदै शहरका विभिन्न मुख्य मार्गहरूको परिक्रमा गर्दै घण्टाघर मा पुगेर समापन गरिएको थियो। कार्यक्रममा विभिन्न विकास बैंक, फाइनान्स कम्पनी तथा वाणिज्य बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले हातमा ब्यानर तथा प्लेकार्ड बोकेर वित्तीय ज्ञानको महत्वबारे जनचेतना फैलाउने सन्देश दिएका थिए। बचतको बानी विकास, सुरक्षित लगानी, डिजिटल बैंकिङको प्रयोग तथा जिम्मेवार वित्तीय व्यवहार अपनाउन सर्वसाधारणलाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखाका शाखा प्रमुख सुशील पौडेलको नेतृत्वमा सम्पन्न उक्त प्रभातफेरी कार्यक्रमले वित्तीय साक्षरता विस्तारमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। साथै, यस्ता कार्यक्रमहरूले समुदायमा आर्थिक चेतना अभिवृद्धि गर्दै दीगो आर्थिक विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Previous Post

भारत विकास परिषद, रक्सौल शाखाको नयाँ कार्यकारिणी गठन

Next Post

पोखरिया बसन्तपुरमा कुष्ठरोग उपचार र प्रेषण कार्यक्रम सम्पन्न

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पोखरिया बसन्तपुरमा कुष्ठरोग उपचार र प्रेषण कार्यक्रम सम्पन्न

पोखरिया बसन्तपुरमा कुष्ठरोग उपचार र प्रेषण कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l