Thursday, April 30, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै

राष्ट्र आवाज by राष्ट्र आवाज
March 19, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
उम्मेदवारले धमाधम बुझाउँदै चुनावी खर्च विवरण, कसले कति खर्च गरे?
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ।

आयोगले आज बिहान साढे ११ बजे समानुपातिकबाट निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो ४ बजे राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउन लागेको हो। कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा बिहीबार समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिने कार्यक्रम तय रहेको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार,समानुपातिक सांसदलाई प्रमाणपत्र दिएर राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएपछि आयोगले आजै बेलुकी साढे ५ बजे पत्रकार सम्मेलनको आयोजना गर्ने छ।

आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठनका लागि एकल रूपमा स्पष्ट बहुमत प्राप्त गरेको छ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका कुल १८२ सांसद निर्वाचित भएका छन्। समानुपातिक निर्वाचनतर्फ रास्वपाबाट ५७ सांसद निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टीबाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चाररचार जना सांसद निर्वाचित भएका छन्।

Previous Post

मारवाडी प्रिमियर लिग–३ : छैठौँ दिनका खेल सम्पन्न अन्नपूर्ण टाइगर र एभरेस्ट ब्लेजिङ हक्स विजयी

Next Post

गगन थापाले सभापतिबाट दिए राजीनामा

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
गगन थापाले सभापतिबाट दिए राजीनामा

गगन थापाले सभापतिबाट दिए राजीनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l