Wednesday, April 15, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

भन्सार गुल्म वीरगञ्जद्वारा ६ लाखभन्दा बढी मूल्यका अवैध औषधि बरामद

राष्ट्र आवाज by राष्ट्र आवाज
March 18, 2026
in समाचार, समाज, सम–सामयिक, सरोकार
0
भन्सार गुल्म वीरगञ्जद्वारा ६ लाखभन्दा बढी मूल्यका अवैध औषधि बरामद
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म वीरगञ्जले ठूलो परिमाणमा अवैध औषधिहरू बरामद गरेको छ। काठमाडौँतर्फ लैजाँदै गरेको यात्रुवाहक बसबाट करिब ६ लाख २६ हजार रुपैयाँ बराबरका औषधिहरू नियन्त्रणमा लिइएको हो।गएराति सशस्त्र प्रहरी निरीक्षक निरज थापाको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले वीरगञ्ज

महानगरपालिका–१६ स्थित बसपार्क क्षेत्रमा बसहरूको नियमित जाँच गर्ने क्रममा उक्त अवैध सामग्री फेला पारेको हो। जाँचका क्रममा बिलविजक नभएका सिल्डिनाफिल ट्याब्लेट २१०१ पत्ता, प्रेगआउट किट २६७ पत्ता तथा एरोसल स्प्रे १२५ वटा बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएका औषधिहरू यौनवर्धक तथा अनिश्चित गर्भ रोक्ने प्रकारका रहेको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ। बिना कानुनी कागजात यस्ता औषधिहरू ओसारपसार गर्नु गैरकानुनी मानिन्छ।

घटनाबारे जानकारी दिँदै गुल्मका गुल्मपति डीएसपी विकास अधिकारीले बरामद सामग्री आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको बताए।
सशस्त्र प्रहरीले पछिल्लो समय सीमावर्ती क्षेत्रमा अवैध तस्करी नियन्त्रणका लागि निगरानी कडा पार्दै आएको छ।

Previous Post

तेस्रो लालबन्दी महोत्सव २०८२ भव्य रूपमा उद्घाटन, कृषि–पर्यटन–उद्योग प्रवर्द्धनमा जोड

Next Post

प्याब्सनकेन्द्रीय कार्यसमिति द्वारा पर्सा जिल्ला कार्यसमितिलाई सम्मान,उत्कृष्ट योगदानको उच्च मूल्याङ्कन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
प्याब्सनकेन्द्रीय कार्यसमिति द्वारा पर्सा जिल्ला कार्यसमितिलाई सम्मान,उत्कृष्ट योगदानको उच्च मूल्याङ्कन

प्याब्सनकेन्द्रीय कार्यसमिति द्वारा पर्सा जिल्ला कार्यसमितिलाई सम्मान,उत्कृष्ट योगदानको उच्च मूल्याङ्कन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l