Wednesday, April 15, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगंजमा मानव बेचबिखन विरुद्ध सूचना तथा परामर्श केन्द्र उद्घाटन

राष्ट्र आवाज by राष्ट्र आवाज
March 18, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
वीरगंजमा मानव बेचबिखन विरुद्ध सूचना तथा परामर्श केन्द्र उद्घाटन
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । ज्योति सामुदायिक विकास सेवा नेपाल, शाखा कार्यालय वीरगंज–पर्सा द्वारा मानव बेचबिखन विरुद्धको अभियानअन्तर्गत सूचना तथा परामर्श केन्द्र उद्घाटन गरिएको छ। केन्द्र वीरगंज महानगरपालिका–१६, भन्सार गेटको उत्तरपट्टिमा औपचारिक रूपमा सञ्चालनमा आएको हो।

केन्द्र उद्घाटन कार्यक्रम ज्योति सामुदायिक विकास सेवा नेपालका केन्द्रीय उपाध्यक्ष राजन सुनार को सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा वीरगंज महानगरपालिका–१६ का वडाध्यक्ष परशुराम चौरसिया उपस्थित थिए।

सभापति सुनारले मानव बेचबिखन नियन्त्रणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको र केन्द्रमार्फत जोखिममा रहेका समुदायलाई समयमै सचेतना, परामर्श र सहयोग प्रदान गरिने बताए। प्रमुख अतिथि चौरसियाले स्थानीय तहबाट अभियानलाई पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै यस्ता केन्द्रहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक विकास अधिकारी, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुबेदी तथा ज्योति सामुदायिक विकास सेवा नेपाल पर्साका उपाध्यक्ष विजय पासवान पनि सहभागी थिए।

उक्त सूचना तथा परामर्श केन्द्रले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जनचेतना अभिवृद्धि गर्ने र पीडित तथा जोखिममा रहेका व्यक्तिहरूलाई आवश्यक सूचना, परामर्श र सहयोग उपलब्ध गराउने काम गर्ने बताइएको छ।

Previous Post

प्रभु बैंकका उच्च अधिकारी दिनेश डङ्गोल बैंकिङ्ग कसुरमा पक्राउ, वित्तीय अनुशासन उल्लंघनको आरोप

Next Post

तेस्रो लालबन्दी महोत्सव २०८२ भव्य रूपमा उद्घाटन, कृषि–पर्यटन–उद्योग प्रवर्द्धनमा जोड

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
तेस्रो लालबन्दी महोत्सव २०८२ भव्य रूपमा उद्घाटन, कृषि–पर्यटन–उद्योग प्रवर्द्धनमा जोड

तेस्रो लालबन्दी महोत्सव २०८२ भव्य रूपमा उद्घाटन, कृषि–पर्यटन–उद्योग प्रवर्द्धनमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l