काठमाडौँ — नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ। सुन तोलामा २ हजार २ सय रुपैयाँले घट्दा चाँदी १ सय ८५ रुपैयाँले सस्तो भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज छापावाल सुनको भाउ घटेर तोलाको ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि घटेर आज तोलाको ५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी तोलाको ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको महासङ्घले जनाएको छ।

