काठमाडौँ — आज सुन र चाँदीको भाउमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार ५ सय रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको भाउ आज तोलामा ७० रुपैयाँले वृद्धि भई ५ हजार ३ सय ३५ रुपैयाँमा पुगेको छ। हिजो चाँदीको भाउ तोलाको ५ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको थियो।

