Tuesday, March 31, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

भरतपुरमा फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अन्तिम चरणमा, १६ बिगाह वन क्षेत्रको जग्गा लिइँदै

राष्ट्र आवाज by राष्ट्र आवाज
March 17, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
भरतपुरमा फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अन्तिम चरणमा, १६ बिगाह वन क्षेत्रको जग्गा लिइँदै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चितवन — भरतपुर महानगरपालिकाले फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वन तथा वातावरण मन्त्रालयसँग जग्गा लिने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। महानगरपालिकाले आवश्यक बजेट सुनिश्चित गरिसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकन (EIA) स्वीकृतिको पर्खाइमा रहेको जनाएको छ।

कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार भरतपुर महानगरपालिका–११ मा रहेको राष्ट्रिय वन क्षेत्रको करिब १६ बिगाह जग्गा भोगाधिकारका लागि तीन करोड रुपैयाँ बजेट कार्यपालिकाबाट सुनिश्चित गरिएको छ।

महानगरपालिकाले यसअघि नै पाँच करोड १९ लाख ७५ हजार रुपैयाँ भुक्तान गरिसकेको छ। मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भएपछि मात्रै थप प्रक्रिया अघि बढाउने जनाएको छ।

वातावरण महाशाखा प्रमुख विराट घिमिरेका अनुसार एक रुख कटान गर्दा १० बिरुवा रोपेर पाँच वर्षसम्म संरक्षण गर्नुपर्ने प्रावधानअनुसार सोही प्रयोजनका लागि रकम भुक्तान गरिएको हो। साथै रोपिएका बिरुवाको संरक्षणका लागि थप एक करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

हाल भरतपुर महानगरपालिकामा दैनिक ८० टनभन्दा बढी फोहोर संकलन हुँदै आएको छ। उक्त फोहोर अहिले आँपटारी नजिकको खोल्सामा व्यवस्थापन गरिँदै आएको छ।

फोहोर व्यवस्थापनलाई दीर्घकालीन र व्यवस्थित बनाउन प्रशोधन केन्द्र निर्माणलाई महत्वपूर्ण कदमका रूपमा लिइएको महानगरपालिकाले जनाएको छ।

Previous Post

पूर्वसांसद सन्तोष चालिसे ५ लाख रुपैयाँ धरौटीमा रिहा

Next Post

ओलीलाई समवेदना दिन राष्ट्रपति पौडेल गुन्डु पुगे

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
ओलीलाई समवेदना दिन राष्ट्रपति पौडेल गुन्डु पुगे

ओलीलाई समवेदना दिन राष्ट्रपति पौडेल गुन्डु पुगे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l