Thursday, April 2, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगञ्जमा लागुऔषध विरुद्ध सचेतना कार्यक्रम

राष्ट्र आवाज by राष्ट्र आवाज
March 16, 2026
in समाचार, समाज, सम–सामयिक, सरोकार
0
वीरगञ्जमा लागुऔषध विरुद्ध सचेतना कार्यक्रम
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज – सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल ले कञ्चनजंघा स्कुल मा लागुऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा प्रहरी निरीक्षकलाई सम्मान कार्यक्रम पनि आयोजना गरिएको थियो।

प्रहरी–सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत वडा प्रहरी कार्यालय बिर्ता को सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरी को अध्यक्षता तथा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदी को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा लालबाबु सिंह, बसन्त बुढाथोकी, मार्टिन मोक्तान, सुमित्रा भुमिहार, ज्ञानमाया रायमाझी, नरेन्द्र अग्रवाल लगायतका व्यक्तित्व तथा शिक्षक–शिक्षिका र कक्षा ९ र १० का विद्यार्थीहरूको बाक्लो सहभागिता रहेको थियो।

सो अवसरमा प्रमुख अतिथि तथा प्रशिक्षक प्रहरी निरीक्षक सुवेदीले लागुऔषधको प्रयोगले मानिसलाई शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक रूपमा कमजोर बनाउने बताए। उनले समयमै यसबाट सचेत रहन र अरूलाई पनि सचेत गराउन आग्रह गरे।

सुवेदीले वृतचित्र, विभिन्न फोटो तथा सन्देशमूलक नारामार्फत लागुऔषधको असर र कानुनी सजायबारे जानकारी दिएका थिए। साथै विद्यार्थीहरूले राखेका जिज्ञासाको उत्तर दिँदै उनीहरूलाई सचेत गराएका थिए।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष चौधरीले लागुऔषधले मानिसको बुद्धि नष्ट गरी जीवनलाई नर्क बनाउने भएकाले सबैले मिलेर यसविरुद्ध सचेतना फैलाउनुपर्नेमा जोड दिए।

त्यसैगरी कञ्चनजंघा स्कुलका निर्देशक मोक्तानले प्रमुख अतिथि, अतिथि तथा आयोजकलाई खादा ओढाएर मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य सामुदायिक प्रहरीका वरिष्ठ उपाध्यक्ष सियाराम नेपाली ले राखेका थिए भने सहजिकरण सचिव श्रवण बहादुर रायमाझी ले गरेका थिए।

Previous Post

मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत भट्ट पक्राउ

Next Post

पूर्वसांसद सन्तोष चालिसे ५ लाख रुपैयाँ धरौटीमा रिहा

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पूर्वसांसद सन्तोष चालिसे ५ लाख रुपैयाँ धरौटीमा रिहा

पूर्वसांसद सन्तोष चालिसे ५ लाख रुपैयाँ धरौटीमा रिहा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l