काठमाडौँ — वर्षापछि केही सुधार आएको वायु प्रदूषण फेरि बढेको छ। हाल काठमाडौँको वायु गुणस्तर मापन एक्यूआई १५० भन्दा माथि पुगेको छ। बिहान वायुको गुणस्तर एक्यूआई १०० भन्दा तल रहँदा स्थिति मध्यम थियो।
आज काठमाडौँमा मधुरो घाम लागेकाले मौसम पूर्ण रूपमा सफा हुन सकेको छैन। आकाशमा हल्का तुवालो देखिँदा प्रदूषणको स्तर बढ्न गएको स्थानीय वातावरण विज्ञहरू बताउँछन्।
वायु गुणस्तर सूचकांक (एक्यूआई) अनुसार ५० सम्म राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० सामान्यत: अस्वस्थ र २०१–३०० निकै अस्वस्थ मानिन्छ। हालको एअर क्वालिटीमा १५१–२०० को श्रेणीमा पर्न थालेपछि संवेदनशील समूहले बाहिर निस्कन बेलामा सतर्क रहनुपर्ने चेतावनी दिइएको छ।

