Monday, April 13, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

श्रीरामनवमीको अवसरमा ३७औँ वर्ष ज्योति, जागरण तथा भण्डारा आयोजना हुने

राष्ट्र आवाज by राष्ट्र आवाज
March 11, 2026
in समाचार, समाज
0
श्रीरामनवमीको अवसरमा ३७औँ वर्ष ज्योति, जागरण तथा भण्डारा आयोजना हुने
2
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

रक्सौल -रक्सौलस्थित श्रीराम जानकी मन्दिर परिसरमा माता वैष्णो देवी सेवा ट्रस्ट, रक्सौलको आयोजनामा आगामी २७ मार्च (शुक्रबार) श्रीरामनवमीको पावन अवसरमा ज्योति, भजन–जागरण तथा महाप्रसाद (भण्डारा) को भव्य कार्यक्रम आयोजना हुने भएको छ।

यस विषयमा पुरानी पोखरा गलीस्थित जगदीश कम्प्लेक्समा ट्रस्टका सदस्यहरूको महत्वपूर्ण बैठक सम्पन्न भएको थियो। बैठकमा ट्रस्टका संयोजक रमेश कुमारले आस्था, श्रद्धा र समर्पणका साथ यो धार्मिक कार्यक्रम लगातार ३७औँ वर्ष आयोजना गर्न लागिएको बताए। उनका अनुसार यो कार्यक्रम नगरको महत्वपूर्ण धार्मिक परम्पराको रूपमा स्थापित भइसकेको छ।

सह–संयोजक सुबोध कुमारका अनुसार श्रीरामनवमीका अवसरमा बाहिरका सुप्रसिद्ध भजन गायकहरूको टोलीले भजन–कीर्तन तथा आकर्षक झाँकी प्रस्तुत गर्नेछन्, जुन श्रद्धालु भक्तजनका लागि मुख्य आकर्षण हुनेछ। कार्यक्रममा सहभागी भक्तजनका लागि महाप्रसाद (भण्डारा) को पनि विशेष व्यवस्था गरिएको छ।

ट्रस्टका राजकुमार गुप्ताले नगरवासीलाई बढीभन्दा बढी संख्यामा सहभागी भई भजन सन्ध्या तथा जागरण कार्यक्रममा उपस्थित हुन र भक्ति रसमा सहभागी हुन आग्रह गरेका छन्।

बैठकमा नारायण प्रसाद, पन्नालाल प्रसाद, जगदीश प्रसाद, रमेश कुमार, रजनीश प्रियदर्शी, भैरव गुप्ता, राजकुमार गुप्ता, सुबोध कुमार, धीरज कुमार, चन्द्रकिशोर प्रसाद, सन्नी पटेल, पंकज कुमार, नीरज कुमार लगायत ट्रस्टका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।

Previous Post

रौतहटको सन्तपुरमा दलित परिवारमाथि सामूहिक कुटपिट, ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा

Next Post

पकहा मैनपुरमा एमालेमा धक्का: अध्यक्ष अकलेश साहसहित तीन नेताको बहिर्गमन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पकहा मैनपुरमा एमालेमा धक्का: अध्यक्ष अकलेश साहसहित तीन नेताको बहिर्गमन

पकहा मैनपुरमा एमालेमा धक्का: अध्यक्ष अकलेश साहसहित तीन नेताको बहिर्गमन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l