Wednesday, April 15, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

डीपी अर्यालको अभिव्यक्ति भाइरल, बालेन–रास्वपा सम्झौताबारे उठे प्रश्न

राष्ट्र आवाज by राष्ट्र आवाज
March 8, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
डीपी अर्यालको अभिव्यक्ति भाइरल, बालेन–रास्वपा सम्झौताबारे उठे प्रश्न
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — काठमाडौं–९ बाट अत्यधिक मतान्तरले निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले दिएको अभिव्यक्तिको एक भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएको छ। उक्त भिडियोमा उनले बालेन्द्र साहसँग भएको भनिएको प्रधानमन्त्रीसम्बन्धी सम्झौताबारे आफूलाई पूर्ण जानकारी नभएको संकेत दिएका कारण कतिपयले आलोचना गरेका छन्।

निर्वाचनमा विजयी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा एक पत्रकारले पार्टीभित्र सम्भावित खटपट र विभाजनको आशंकाबारे प्रश्न गरेका थिए। त्यसमा अर्यालले यस्तो प्रश्नले जनतामा भ्रम फैलाउने भन्दै असन्तुष्टि जनाएका थिए।

पत्रकारले बालेन्द्र साहलाई पाँच वर्षका लागि प्रधानमन्त्री बनाउने सम्झौताबारे सोध्दा अर्यालले “त्यो सम्झौतामा के लेखिएको छ मैले नै एकचोटि हेर्नुपर्छ, मलाई सबै कण्ठ छैन,” भन्दै जवाफ दिएका थिए। उनले सम्झौतामा जे लेखिएको छ, त्यहीअनुसार हुने बताए पनि त्यसबारे आफूले तत्काल वाचा गर्नुपर्ने आवश्यकता नदेखिएको धारणा राखेका थिए।

वास्तवमा पत्रकारले उल्लेख गरेजस्तो पाँच वर्षका लागि बालेन्द्र साहलाई प्रधानमन्त्री बनाउने स्पष्ट व्यवस्था सम्झौतामा छैन। रास्वपा र बालेन्द्र साहबीच गत पुस १३ गते भएको सात बुँदे सहमतिमा रास्वपाका केन्द्रीय सभापति रवि लामिछाने रहने र प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा बालेन्द्र साहलाई अघि सारिने उल्लेख गरिएको छ।

यद्यपि रास्वपाभित्र भने बालेन्द्र साहको कार्यकाल मूलतः पाँच वर्षकै हुने बुझाइ रहेको नेताहरू बताउँछन्। पार्टीका एक पदाधिकारीका अनुसार सरकारको कार्यसम्पादन र जनसन्तुष्टिले पनि सरकारको आयु निर्धारण गर्न सक्ने भएकाले परिस्थितिअनुसार निर्णय हुन सक्ने संकेत गरिएको छ।

Previous Post

लेबनानमा झडप चर्किँदै: हवाई आक्रमण र गोलीबारीमा २६ जनाको मृत्यु

Next Post

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतले विजयी

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतले विजयी

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतले विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l