Sunday, March 1, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

आदर्शनगर–१० स्थित लिटिल स्टेप्स मोन्टेसरी विद्यालयको ८औँ वार्षिक उत्सव “सपना” भव्य रूपमा सम्पन्न

राष्ट्र आवाज by राष्ट्र आवाज
March 1, 2026
in समाचार, समाज, सम–सामयिक
0
आदर्शनगर–१० स्थित लिटिल स्टेप्स मोन्टेसरी विद्यालयको ८औँ वार्षिक उत्सव “सपना” भव्य रूपमा सम्पन्न
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज -आदर्शनगर–१० स्थित लिटिल स्टेप्स मोन्टेसरी विद्यालयको ८औँ वार्षिक उत्सव “सपना” भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह ले दीप प्रज्वलन गरी गर्नुभएको थियो।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि सिंहले बालबालिकाको समग्र विकासमा प्रारम्भिक शिक्षाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै विद्यालयले गुणस्तरीय शिक्षा र संस्कारयुक्त वातावरण प्रदान गर्दै आएकोमा प्रशंसा व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले बालबालिकामा आत्मविश्वास, नेतृत्व क्षमता र सृजनशीलता अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि मधेश विश्वविद्यालयका उपकुलपति तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक/निर्देशक डा. दीपक शाक्य रहनुभएको थियो। उहाँले बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि विद्यालयले गरेको प्रयास सराहनीय रहेको बताउँदै भविष्य निर्माणको आधार बाल्यकालीन शिक्षामै निहित रहेको धारणा राख्नुभयो।

समारोहमा वीरगञ्ज महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछाने विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी रुङ्गटा वेलफेयर सोसाइटी तथा रुङ्गटा ग्रुपका निर्देशक सुरेश कुमार रूङ्गटा, ग्रीन सिटी वीरगञ्जका अध्यक्ष प्रकाश खेतान लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

विद्यालयका निर्देशकहरू श्रीमती अञ्जली अग्रवाल, तुषार अग्रवाल, रोहित बजाज, अनमोल शाह तथा अंकुर गोयनका लगायतले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो। विद्यालयका एच.ओ.डी. अमित कुमार सर्राफले कार्यक्रम सञ्चालन तथा व्यवस्थापनको समन्वय गर्नुभएको थियो।“सपना” शीर्षकमा आयोजित वार्षिक उत्सवमा नन्हा बालबालिकाहरूले सांस्कृतिक नृत्य, गीत, नाटक तथा विभिन्न रचनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए।

उनीहरूको मनमोहक प्रस्तुतिले उपस्थित अतिथि तथा अभिभावकहरूको मन लोभ्याएको थियो। कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले बालबालिकाको प्रतिभा उजागर गर्न उत्कृष्ट मञ्च प्रदान गरेको प्रतिक्रिया दिएका थिए।
कार्यक्रमको समापन विद्यालय प्रशासनले सम्पूर्ण अतिथि, अभिभावक तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Previous Post

श्रीलङ्कामाथि जित पनि पाकिस्तानलाई सेमिफाइनलमा पुग्न पर्याप्त भएन

Next Post

दक्षिणी इरानको विद्यालयमा आक्रमण : १०८ जनाको मृत्यु दाबी, स्वतन्त्र पुष्टि बाँकी

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
दक्षिणी इरानको विद्यालयमा आक्रमण : १०८ जनाको मृत्यु दाबी, स्वतन्त्र पुष्टि बाँकी

दक्षिणी इरानको विद्यालयमा आक्रमण : १०८ जनाको मृत्यु दाबी, स्वतन्त्र पुष्टि बाँकी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l