काठमाडौँ — आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुन तोलाको ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ। चाँदी आज तोलाको ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
हिजो चाँदी तोलाको ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

