Friday, February 27, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

चुनावको मुखमा मुगुमा भाइरल ज्वरो, चार सय भन्दा बढी बिरामी

राष्ट्र आवाज by राष्ट्र आवाज
February 26, 2026
in समाचार, समाज, सम–सामयिक
0
चुनावको मुखमा मुगुमा भाइरल ज्वरो, चार सय भन्दा बढी बिरामी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मुगु — मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका–९ नर्खजी गाउँमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोका कारण चार सयभन्दा बढी स्थानीय बिरामी परेका छन्। फागुन ७ गतेदेखि सुरु भएको ज्वरो नर्खजीका चार बस्तीमा तीव्र रूपमा फैलिएको स्थानीय खेम रोकायाले जानकारी दिएका छन्।

ज्वरोबाट बालबालिका, महिला र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन्। नर्खजी स्वास्थ्य चौकीमा जनशक्ति र औषधि अभावका कारण उपचारमा कठिनाइ भइरहेको छ। स्वास्थ्य चौकीका इन्चार्ज अमर बिकका अनुसार दैनिक २० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। “गाउँपालिकालाई जानकारी गराइसकेका छौं। पठाइएका औषधि बिरामीको चापका कारण सकिएका छन्। अहिले १० पत्ता सिटामोल मात्र बाँकी छ,” उनले भने। स्वास्थ्य चौकीमा उनीसहित एक जना मात्रै स्वास्थ्यकर्मी हुँदा दर्तादेखि परीक्षणसम्मका सबै काम गर्नुपरेकाले सेवा प्रवाह प्रभावित भएको उनले बताए।

प्राथमिक स्वास्थ्य केन्द्र रातापानीबाट डाक्टरसहितको टोली गाउँ पुगे पनि अवस्था पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। केन्द्रका डाक्टर विकास धितालले करिब ३ सय बिरामीको परीक्षण गरिएको र ५० जनालाई खोप लगाइएको जानकारी दिए। तर औषधि अभाव र जनशक्ति कमीका कारण उपचार प्रभावकारी हुन नसकेको उनले बताए। आफू समेत ज्वरोबाट प्रभावित भएपछि टोली फर्किनुपरेको उनले उल्लेख गरे।

स्वास्थ्यकर्मीहरूका अनुसार ज्वरो नर्खजीमा सीमित नरही छिमेकी बस्तीमा समेत फैलिने जोखिम रहेको छ। विशेषगरी दीर्घरोगी बिरामीहरूका लागि अवस्था जटिल बन्न सक्ने चेतावनी दिइएको छ।

गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत सि.अहेव बिर्ख रावलका अनुसार पहिलो चरणमा औषधि पठाइएको भए पनि बिरामी संख्या बढेकाले अभाव भएको हो। दोस्रो चरणका लागि खरिद गरिएको औषधि नेपालगञ्जबाट गाउँपालिकाको एम्बुलेन्समार्फत ल्याउने तयारी भइरहेको उनले बताए। जिल्ला अस्पतालसँग पनि आवश्यक औषधि र जनशक्ति व्यवस्थापनका लागि मौखिक आग्रह गरिएको भए पनि हालसम्म सकारात्मक प्रतिक्रिया नआएको उनको भनाइ छ।

यता जिल्ला अस्पताल मुगुका प्रमुख डा. निर्मल नगरकोटीले गाउँपालिकाबाट औपचारिक माग आएपछि उपलब्ध औषधि पठाउन सकिने बताएका छन्। भाइरल ज्वरो प्रभावित क्षेत्र नजिकै रहेको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रबाट टोली परिचालन गरिएको पनि उनले जानकारी दिए।

ज्वरोको प्रकोप बढिरहेका बेला आगामी प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरू गाउँमा पुगेर शिक्षा र स्वास्थ्य सुधारका प्रतिबद्धता दोहोर्याइरहेका छन्। तर स्थानीयवासीहरू भने तत्काल औषधि र स्वास्थ्यकर्मीको व्यवस्थापनमा ठोस पहल नभएको भन्दै असन्तुष्ट देखिएका छन्।

Previous Post

मधेशमा निर्वाचन आचारसंहिता कागजमै सीमित, दलहरूद्वारा खुला उल्लंघन जारी

Next Post

सातै प्रदेशमा अतिरिक्त महानिरीक्षक खटाइए, फागुन २१ को निर्वाचनका लागि सुरक्षा चुस्त

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
सातै प्रदेशमा अतिरिक्त महानिरीक्षक खटाइए, फागुन २१ को निर्वाचनका लागि सुरक्षा चुस्त

सातै प्रदेशमा अतिरिक्त महानिरीक्षक खटाइए, फागुन २१ को निर्वाचनका लागि सुरक्षा चुस्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l