Tuesday, February 24, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० को भव्यताका साथ समापन विद्या सदन च्याम्पियन

राष्ट्र आवाज by राष्ट्र आवाज
February 24, 2026
in खेलकुद, समाचार, समाज
0
नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० को भव्यताका साथ समापन विद्या सदन च्याम्पियन
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२ को नवौँ तथा अन्तिम दिन आदर्शनगर खेल मैदानमा जुनियर र सिनियरतर्फका फाइनल खेलहरू उत्साहपूर्ण वातावरणमा सम्पन्न भएका छन्। प्रतियोगितामा जुनियरतर्फ माउन्ट हर्मन माध्यमिक विद्यालय र सिनियरतर्फ विद्या सदन माध्यमिक विद्यालय च्याम्पियन बनेका छन्।

शिदार्थ एकेडेमी र माउन्ट हर्मन मा.वि. बीच भएको फाइनल खेलमा टस जितेर माउन्ट हर्मनले बलिङ रोजेको थियो। माउन्ट हर्मनले २० ओभरमा १० विकेट गुमाउँदै १२१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको शिदार्थ एकेडेमी ८ ओभरमै १० विकेटको क्षतिमा २७ रनमा समेटियो। माउन्ट हर्मन ९४ रनले विजयी भयो।म्यान अफ द म्याच सन्नोज यादव घोषित भए। उनले ३ ओभरमा ११ रन खर्चेर ४ विकेट लिएका थिए।

विद्या सदन मा.वि. र ब्राइट पब्लिक मा.वि.बीच भएको सिनियर फाइनलमा ब्राइट पब्लिकले टस जितेर बलिङ रोज्यो। विद्या सदनले २० ओभरमा ६ विकेटको क्षतिमा २०४ रन बनाउँदै बलियो लक्ष्य प्रस्तुत गर्‍यो। जवाफी ब्याटिङमा ब्राइट पब्लिक १४.१ ओभरमा ८९ रनमै अलआउट भयो। विद्या सदन ११५ रनले विजयी बन्यो।म्यान अफ द म्याच अफताब खान तथा अयान अन्सारी घोषित भए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो।बेस्ट फिल्डर: शिवम मुखिया (ब्राइट पब्लिक), नौसाद खान (ज्ञान निकेतन)बेस्ट किपर: रोहित गुप्ता (शिदार्थ एकेडेमी), आतिफ अमान (विद्या सदन)बेस्ट बलर: सनोज यादव (माउन्ट हर्मन), म. साजिद अन्सारी (विद्या सदन)बेस्ट ब्याट्सम्यान: रोहित गुप्ता (शिदार्थ एकेडेमी), युराज कुशवाहा (ज्ञानोदय)प्लेयर अफ द सिरिज: रोहन पटेल (लर्ड बुद्ध), सर्जित अली मन्सुरी (ज्ञानोदय)फेयर प्ले अवार्ड: एन्जल वर्ल्ड मा.वि. र विद्या सदन मा.वि.फाइनल खेलको अध्यक्षता नेशनल प्याब्सन पर्साका अध्यक्ष राम श्रेष्ठले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा इकाई समन्वय प्रमुख मोति बहादुर भट्टराई रहेका थिए। कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी, केन्द्रीय सदस्य छेडुप लामा, गरिमा विकास बैंक वीरगञ्ज शाखा प्रमुख राजीव झा, वीरगञ्ज अध्यक्ष सोनालाल पटेल लगायतको उपस्थिति रहेको थियो।प्रतियोगिताको संयोजक लाल बहादुर गुरुङ रहेका थिए।बिजेता एवं उप बिजेताहरु लाई शिल्ड एवं प्रमाणपत्रहरु अतिथीहरु बाट दिइएको थियोे। प्रतियोगिता खेल भावना, अनुशासन र उत्साहका साथ सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

Previous Post

पर्सा–२ का कांग्रेस उम्मेदवार अजयकुमार चौरसियाले घरदैलो गर्दै मतदातासँग संवाद

Next Post

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l