Tuesday, February 24, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

भर्जिनियामा नेपाली परिवारमा भीषण हत्याकाण्ड, तीन जनाको मृत्यु

राष्ट्र आवाज by राष्ट्र आवाज
February 24, 2026
in विश्व, समाचार
0
भर्जिनियामा नेपाली परिवारमा भीषण हत्याकाण्ड, तीन जनाको मृत्यु
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा एक नेपाली परिवारभित्र भएको भीषण हत्याकाण्डले समुदाय स्तब्ध बनेको छ।

उदयपुरको बेलका नगरपालिकाका ५० वर्षीय छत्रबहादुर थापाले आफ्नै ५१ वर्षीया श्रीमती बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप लागेको छ। छोरी–ज्वाइँको निमन्त्रणामा अमेरिका पुगेका थापाले सोमबार बिहान Fairfax Countyस्थित एक अपार्टमेन्टमा घटना घटाएको जनाइएको छ।

प्रारम्भिक विवरणअनुसार उनले ३५ वर्षीय ज्वाइँ सन्तोष कुमार बस्नेतमाथि पनि आक्रमण गरेका थिए। गम्भीर घाइते बस्नेतको अस्पतालमा उपचार भइरहेको छ। घटनाका बेला घरमा रहेका एक वर्षीय शिशु भने सुरक्षित रहेको बताइएको छ।

सूचना पाएपछि पुगेको प्रहरीले करिब १० इन्च लामो धारिलो हतियारसहित आक्रमणमा उत्रिएका थापालाई आत्मसमर्पण गर्न पटक–पटक चेतावनी दिएको थियो। तर उनले आदेश नमान्दै प्रहरीतर्फ जाइलागेपछि आत्मरक्षाका लागि चलाइएको गोली लागेर थापाको घटनास्थलमै मृत्यु भएको अमेरिकी प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटनाको स्पष्ट कारण खुल्न बाँकी रहेको छ। सम्बन्धित अमेरिकी सुरक्षा निकायले घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ। नेपाली समुदायमा यस घटनाले गहिरो शोक र चिन्ता पैदा गरेको छ।

Previous Post

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पाँच आरोपित साधारण तारिखमा रिहा

Next Post

प्रतिनिधिसभा निर्वाचनको परिणाम २४ घण्टाभित्र सार्वजनिक गर्ने आयोगको तयारी

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
प्रतिनिधिसभा निर्वाचनको परिणाम २४ घण्टाभित्र सार्वजनिक गर्ने आयोगको तयारी

प्रतिनिधिसभा निर्वाचनको परिणाम २४ घण्टाभित्र सार्वजनिक गर्ने आयोगको तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l