Wednesday, February 25, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगञ्ज–१८ का स्वतन्त्र उम्मेदवार नरेश यादव एमालेमा प्रवेश

राष्ट्र आवाज by राष्ट्र आवाज
February 24, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
वीरगञ्ज–१८ का स्वतन्त्र उम्मेदवार नरेश यादव एमालेमा प्रवेश
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । स्थानीय तह निर्वाचन २०७९ मा वीरगञ्ज महानगरपालिका–१८ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका नरेश प्रसाद यादव नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।

उक्त निर्वाचनमा उनले ४ सय ४ मत प्राप्त गर्दै स्थानीय तहमा उल्लेख्य लोकप्रियता हासिल गरेका थिए। नवप्रवेशी यादवलाई पार्टीका नेताकार्यकर्ताले फूलमाला, टीका र खादा ओढाएर भव्य स्वागत गरेका थिए।

पार्टी प्रवेश कार्यक्रममा प्रदीप यादव ले नरेश यादवको आगमनले वीरगञ्ज–१८ मा एमालेको जनाधार थप सुदृढ हुने दाबी गरे। “चुनावमा सम्मानजनक मत ल्याउनु भएका इमानदार र लोकप्रिय व्यक्तित्वको पार्टी प्रवेशले हाम्रो संगठन अझ मजबुत भएको छ। उहाँको योगदान वडाको विकास, जनताको सेवा र पार्टी विस्तारमा महत्त्वपूर्ण हुनेछ,” उनले भने।

नरेश प्रसाद यादवले एमाले प्रवेशपछि आफूलाई नयाँ ऊर्जा प्राप्त भएको उल्लेख गर्दै वीरगञ्जको समग्र विकास र स्थानीय जनताको सेवामा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाए। “एमालेको सिद्धान्त र नीतिसँग म सहमत छु। अब विकास र सेवाका काममा सक्रिय भूमिका खेल्नेछु,” उनले बताए।

उनको प्रवेशसँगै वीरगञ्ज–१८ मा एमालेको संगठनात्मक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।

Previous Post

पर्साका १६५ मतदानस्थलको अनुगमन सम्पन्न, ६२ अतिसंवेदनशील सूचीमा

Next Post

अमेरिकाको पूर्वी तटमा हिमपातले जनजीवन अस्तव्यस्त, ६ लाख घरमा विद्युत अवरुद्ध

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
अमेरिकाको पूर्वी तटमा हिमपातले जनजीवन अस्तव्यस्त, ६ लाख घरमा विद्युत अवरुद्ध

अमेरिकाको पूर्वी तटमा हिमपातले जनजीवन अस्तव्यस्त, ६ लाख घरमा विद्युत अवरुद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l