Monday, November 23, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

भिस्वा–सबैठवामा सरार्फको अभियान, जनतामा नयाँ आशा

राष्ट्र आवाज by राष्ट्र आवाज
६ फाल्गुन, बुधबार
भिस्वा–सबैठवामा सरार्फको अभियान, जनतामा नयाँ आशा
0
SHARES
0
VIEWS

बिरगंज ,पर्सा

सरार्फको प्रत्यक्ष संवाद: आधारभूत समस्या समाधान पहिलो प्राथमिकता पर्सा — पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले घरदैलो अभियानलाई सशक्त बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्। जनमत पार्टीका तर्फबाट उम्मेदवार सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५ भिस्वा र वडा नम्बर–२३ सबैठवामा सन्ध्याकालिन चुनावी सभा गर्दै स्थानीय बासिन्दासँग भेटघाट गरेका हुन्।

घरदैलो अभियानका क्रममा सरार्फले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले भोगिरहेका समस्याबारे विस्तृत जानकारी लिएका थिए। वडा नम्बर–१५ भिस्वामा सडकको दयनीय अवस्था, ढल निकासको अभाव, खानेपानीको समस्या र सरसफाइ व्यवस्थापनको कमजोरी प्रमुख रूपमा उठाइएको थियो। स्थानीयहरूले वर्षायाममा सडक हिलाम्मे हुने, नालाको अभावका कारण पानी जम्ने तथा दुर्गन्ध फैलिने समस्या समाधान गर्न माग गरेका थिए।

त्यसैगरी वडा नम्बर–२३ सबैठवामा पनि कच्ची सडक, अव्यवस्थित ढल, सडकबत्तीको अभाव, स्वास्थ्य सेवामा पहुँचको कमी र युवाहरूका लागि रोजगारीका अवसर नहुँदा उत्पन्न समस्या स्थानीयले उठाएका थिए। स्थानीय बासिन्दाले आधारभूत पूर्वाधार विकास, सुरक्षित सडक, नियमित सरसफाइ र स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राख्न उम्मेदवार सरार्फसँग आग्रह गरेका थिए।

स्थानीयको गुनासो सुन्दै उम्मेदवार सरार्फले आफू चुनाव जितेर जनताको विश्वासको कदर गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विकासका नाममा वर्षौंदेखि दोहोरिँदै आएका समस्या समाधान गर्न ठोस योजना र कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे। “जनताले देखिने, महसुस हुने विकास चाहेका छन्। सडक, ढल, खानेपानी, सरसफाइ र स्वास्थ्य सेवा जस्ता आधारभूत आवश्यकतामा सुधार ल्याउनु नै मेरो पहिलो प्राथमिकता हुनेछ,” उनले भने।

सरार्फले जनताको सुझावलाई आफ्नो चुनावी एजेन्डाको केन्द्रमा राख्ने बताएका छन्। उनले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने, युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने, साना तथा मध्यम व्यवसायलाई सहयोग गर्ने र पूर्वाधार विकासलाई गति दिने योजनासमेत सुनाएका थिए। उनले जनतासँग प्रत्यक्ष संवाद गरेर समस्या बुझ्नु नै वास्तविक राजनीति भएको उल्लेख गर्दै, जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताए।

घरदैलो अभियानमा स्थानीय युवाहरू, महिलाहरू तथा ज्येष्ठ नागरिकहरूको उत्साहजनक सहभागिता देखिएको थियो। धेरैले सरार्फको सरल व्यवहार, प्रत्यक्ष संवाद र समस्या सुन्ने शैलीको प्रशंसा गरेका थिए। स्थानीयहरूले यसपटक विकास र काम गर्ने उम्मेदवारलाई समर्थन गर्ने बताएका थिए।

जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूको सक्रिय सहभागितामा सम्पन्न घरदैलो कार्यक्रमले चुनावी माहोल थप तातेको देखिएको छ। सरार्फले आगामी दिनहरूमा क्षेत्रका विभिन्न वडाहरूमा निरन्तर घरदैलो अभियान सञ्चालन गर्दै जनतासँग प्रत्यक्ष संवादलाई तीव्र बनाउने बताएका छन्।

स्थानीय समस्यालाई प्राथमिकतामा राख्दै अघि बढेको यो घरदैलो अभियानले मतदातामा नयाँ आशा र उत्साह थपिएको सहभागीहरूले बताएका छन्। उम्मेदवार सरार्फले “जनताको विश्वास, विकासको आधार” भन्ने नाराका साथ चुनावी अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Previous Post

वरिष्ठ पत्रकार दीपेन्द्र चौहान कांग्रेसको केन्द्रीय प्रचार–प्रसार समितिमा मनोनित

Next Post

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिले दिइन् राजीनामा

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

राष्ट्र आवाजराष्ट्र आवाज