Tuesday, February 17, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पर्सा–१ मा जसपा उम्मेदवार रामनरेश यादवद्वारा प्रदिप यादवको कडा आलोचना

राष्ट्र आवाज by राष्ट्र आवाज
February 17, 2026
in समाचार
0
पर्सा–१ मा जसपा उम्मेदवार रामनरेश यादवद्वारा प्रदिप यादवको कडा आलोचना
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

 

जनता समाजवादी पार्टी नेपाल (जसपा) का पर्सा जिल्ला अध्यक्ष तथा पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार रामनरेश यादवले पूर्वसहकर्मी प्रदिप यादवमाथि गम्भीर राजनीतिक र नैतिक प्रश्न उठाएका छन्।

चुनावी प्रचारप्रसारका क्रममा आयोजित सभालाई सम्बोधन गर्दै उनले मधेस आन्दोलनका क्रममा वीरगंजको भूमिमा बगेको रगतको अपमान गर्दै प्रदिप यादव पद र शक्तिका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गरेको आरोप लगाए। मधेसको मुद्दा र बलिदानीलाई बेवास्ता गर्दै सांसद र मन्त्री बन्ने स्वार्थमा एमाले अध्यक्ष केपी शर्मा ओलीको शरण लिएको उनको दाबी थियो।

यादवले प्रदिप यादवमा मधेसवाद, समाजवादी चिन्तन र देशहितप्रति कुनै प्रतिबद्धता नरहेको टिप्पणी गरे। हिजो मधेसी जनताको भावना प्रतिनिधित्व गर्ने व्यक्ति आज सत्ताको लालचमा व्यक्तिगत स्वार्थमा लागेको भन्दै उनले आलोचना गरे। वीरगंज सहिदहरूको बलिदानले रङ्गिएको भूमि भएको स्मरण गराउँदै उनले पदकै लागि विचारधारा त्याग्नेहरूले कुन नैतिकताका आधारमा जनतासँग मत मागिरहेका छन् भन्ने प्रश्न उठाए।

प्रदिप यादवको राजनीतिक पृष्ठभूमि उल्लेख गर्दै रामनरेश यादवले वि.सं. २०६५ सालमा जसपा नेपालले नै उनलाई राजनीतिमा स्थापित गराएको दाबी गरे। पार्टीले उनलाई पटक–पटक सांसद तथा तीन पटकसम्म मन्त्री बनाएको उल्लेख गर्दै उनले असन्तुष्टि व्यक्त गरे। “पार्टीले उनलाई सबैथोक दियो, तीन पटक मन्त्री बनायो, अब के अमेरिकाको राष्ट्रपति नै बनाइदिनुपर्ने हो?” भन्दै उनले व्यंग्यसमेत गरे।

आगामी निर्वाचनमा अवसरवादी राजनीतिलाई जनताले अस्वीकार गर्ने विश्वास व्यक्त गर्दै उनले सिद्धान्त र आन्दोलनको मूल्य नबिर्सन मतदातालाई आग्रह गरे।

Previous Post

महाशिवरात्रीमा थुप्रिएका फोहोरमैला सफागर्दै सफाईकर्मीहरु

Next Post

वरिष्ठ पत्रकार दीपेन्द्र चौहान कांग्रेसको केन्द्रीय प्रचार–प्रसार समितिमा मनोनित

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वरिष्ठ पत्रकार दीपेन्द्र चौहान कांग्रेसको केन्द्रीय प्रचार–प्रसार समितिमा मनोनित

वरिष्ठ पत्रकार दीपेन्द्र चौहान कांग्रेसको केन्द्रीय प्रचार–प्रसार समितिमा मनोनित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l