Friday, February 13, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पर्सा–१: उम्मेदवार सरार्फले २४ घण्टा सेवा दिने संसदीय सम्पर्क कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे

राष्ट्र आवाज by राष्ट्र आवाज
January 30, 2026
in राजनीति, विचार, समाचार, समाज, सम–सामयिक, सूचना/प्रविधि
0
पर्सा–१: उम्मेदवार सरार्फले २४ घण्टा सेवा दिने संसदीय सम्पर्क कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे
1
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

माघ १६ – पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले संसदीय सम्पर्क कार्यालय स्थापना गरी २४ घण्टा जनताको सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

वीरगंज महानगरपालिका वडा नम्बर–१५, लक्षमनवामा आयोजित भेटघाट, संवाद तथा घरदैलो कार्यक्रममा सरार्फले वीरगंजको गौरव पुनःस्थापना गर्दै सबैले गर्व गर्न सक्ने शहर बनाउने स्पष्ट भिजन जनमत पार्टीसँग रहेको बताए। उनले जनमत पार्टी र हर्न चुनाव चिह्नमा मतदान गरी वीरगंज तथा पर्साको विकास र समृद्धिको अभियानमा साथ दिन मतदातासँग आग्रह गरे।

उम्मेदवार सरार्फले जनताका समस्या र गुनासो सुन्न हेल्प डेस्क स्थापना गरी २४ घण्टा सेवा उपलब्ध गराइने संकल्पसमेत व्यक्त गरे। उनले भने, “जनतासँग निरन्तर सम्पर्कमा रहन र समस्या समाधानलाई प्राथमिकतामा राख्न संसदीय सम्पर्क कार्यालय महत्वपूर्ण हुनेछ।”

कार्यक्रममा जनमत पार्टीका नेताहरू बिध्यालाल प्रसाद, नजमा खातुन, महादेव शर्मा, भुपेन्द्र साह, निराजन कुशवाहा, सहनवाज राकि, अजित सिंह, मञ्जय शर्मा र सुमित सिंहलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

घरदैलोको क्रममा स्थानीय नागरिकहरूले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवासम्बन्धी आफ्ना अपेक्षा र सुझावहरू उम्मेदवार सरार्फसमक्ष राखेका थिए। उम्मेदवार सरार्फले ती विषयहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्दै जनतासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

Previous Post

बहुदरमाई युवा क्लबद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

Next Post

जसपा वीरगन्ज महानगर अध्यक्ष यादवसहित १२० जना एमालेमा प्रवेश

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
जसपा वीरगन्ज महानगर अध्यक्ष यादवसहित १२० जना एमालेमा प्रवेश

जसपा वीरगन्ज महानगर अध्यक्ष यादवसहित १२० जना एमालेमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l