माघ १४ – वीरगन्ज महानगरपालिका–१३, श्रीपुरस्थित ‘होटल डट कम’ को भव्य उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। उद्घाटन समारोह विधिवत् रूपमा पुजा–अर्चना गरी सम्पन्न गरिएको होटलका संचालक प्रदिप जैसवालले जानकारी दिए। उनले होटल स्थापना गर्न रु. ४५ लाखको लगानी गरेको समेत जानकारी दिए।
आधुनिक सुविधा सम्पन्न होटलको रूपमा स्थापना गरिएको ‘होटल डट कम’ को उद्घाटन समारोह बृहत् रूपमा आयोजना गरिएको थियो। उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, उद्योगी, व्यवसायी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

होटल डट कमले गुणस्तरीय भोजन तथा यहाँको स्थानीय र पहाडी परिकारलाई बढी प्राथमिकता दिने जनाएका छन। साथै, आतिथ्य सेवामार्फत वीरगन्जको पर्यटन र व्यवसायिक गतिविधिमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।
संचालक जैसवालका अनुसार होटलले आधुनिक सुविधा र परम्परागत नेपाली आतिथ्य दुवैलाई समेटेर पाहुनालाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
