Saturday, February 7, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पर्सागढीमा जनमत पार्टीको घरदैलो कार्यक्रम सुरु, सम्पर्क कार्यालय उद्घाटन

राष्ट्र आवाज by राष्ट्र आवाज
January 28, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
पर्सागढीमा जनमत पार्टीको घरदैलो कार्यक्रम सुरु, सम्पर्क कार्यालय उद्घाटन
1
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

माघ १४ –  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनमत पार्टीको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार श्याम कुमार गुप्ताले पर्सागढी नगरपालिका वडा नम्बर १ र २ मा घरदैलो कार्यक्रमको औपचारिक सुरुवात गरेका छन्।

यसै अवसरमा जनमत पार्टीको सम्पर्क कार्यालयको उद्घाटनसमेत गरिएको छ। स्थानीय तहमा पार्टी संगठन विस्तार गर्ने र मतदातासँग प्रत्यक्ष संवाद बढाउने उद्देश्यले सम्पर्क कार्यालय स्थापना गरिएको जनाइएको छ।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार गुप्तासहित पार्टीका नेता तथा कार्यकर्ताहरूले स्थानीयवासीसँग भेटघाट गर्दै उनीहरूका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका छन्। साथै जनमत पार्टीका नीति, कार्यक्रम र आगामी योजनाबारे जानकारी गराइएको छ।

उम्मेदवार गुप्ताले जनताको भरोसा र समर्थन प्राप्त गर्ने विश्वास व्यक्त गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।

पर्सागढी नगरपालिका वडा नम्बर १ र २ बाट सुरु गरिएको घरदैलो कार्यक्रमलाई आगामी दिनहरूमा अन्य वडाहरूमा समेत विस्तार गरिने जनमत पार्टीले जनाएको छ।

Previous Post

वीरगन्जमा तीनदिने दोस्रो मधेश साहित्य महोत्सव सुरु हुँदै

Next Post

वीरगन्जमा ‘होटल डट कम’ को भव्य उद्घाटन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वीरगन्जमा ‘होटल डट कम’ को भव्य उद्घाटन

वीरगन्जमा ‘होटल डट कम’ को भव्य उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l