Saturday, February 7, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सरकारले ७ लाख थान विद्युतीय राहदानी खरिद गर्ने

राष्ट्र आवाज by राष्ट्र आवाज
November 21, 2025
in समाचार, सरोकार, सूचना/प्रविधि
0
सरकारले ७ लाख थान विद्युतीय राहदानी खरिद गर्ने

मन्त्रिपरिषद् बैठक काठमाडौँ, ५ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठक । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस

1
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

 मंसिर ५  – सरकारले सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि अहिलेकै आपूर्तिकर्तासँग राहदानी खरिद गर्ने निर्णय गरेको हो ।

अहिलेको आपूर्तिकर्ता कम्पनीसँग भेरिएशन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । अहिले राहदानीको अभाव हुँदा सरकारले सम्झौता रद्द भइसकेको फ्रान्सेली कम्पनीसँगै अन्तरिम अवधिका लागि राहदानी खरिद गर्ने निर्णय गरेको हो ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले लुम्बिनी विकास कोष, लुम्बिनी विकास परिषद्को सदस्य सचिवमा गोरखाका दीपक श्रेष्ठलाई मनोनीत गर्ने निर्णय गरेको छ ।

बङ्गलादेशको ढाकामा यही मङ्सिर १० र ११ गते हुने नेपाल–बङ्गलादेश ऊर्जा क्षेत्रमा सहकार्य गर्न गठित संयुक्त कार्यसमूह तथा संयुक्त सञ्चालक समितिको सातौं बैठकमा ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता खरेलले बताउनुभयो ।

Previous Post

बारा प्रशासन–जेनजी बीच पथलैयामा वार्ता सुरु, ६ बुँदे माग पेश

Next Post

बंगालको खाडीमा शक्तिशाली आँधीको चेतावनी, अण्डमान र निकोबार टापुमा ठूलो वर्षाको सम्भावना

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
बंगालको खाडीमा शक्तिशाली आँधीको चेतावनी, अण्डमान र निकोबार टापुमा ठूलो वर्षाको सम्भावना

बंगालको खाडीमा शक्तिशाली आँधीको चेतावनी, अण्डमान र निकोबार टापुमा ठूलो वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l