Saturday, February 7, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

यो संविधान मिचुवा र हाहुको भरमा बनेको सरकार हो : ओली

राष्ट्र आवाज by राष्ट्र आवाज
November 7, 2025
in समाचार
0
यो संविधान मिचुवा र हाहुको भरमा बनेको सरकार हो : ओली
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीप्रति कटाक्ष गरेका छन् ।

शुक्रबार नेकपा एमालेको शिक्षा विभागद्वारा आयोजित ‘केपी शर्मा ओलीसँग अन्तरसंवाद’ विषायक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सो कुरा बताएका हुन् ।

ओलीले प्रधानन्यायाधीश भइसकेकी सुशीला कार्की मानवअधिकार आयोगमा बाहेक अन्त जागिर खान नमिल्ने मान्छे प्रधानमन्त्री बनेको दाबी गरे । त्यस्तै उनले संविधानले नचिनेको र संविधान मिचेर बनेको दाबी गर्दै यो सरकारलाई ‘हाहु’ को भरमा बनेको सरकारको संज्ञा दिए ।

‘असंवैधानिक सरकार, कुनै संविधानले नगर्नु भनेको ठाउँमा, प्रधानन्यायाधीश (प्रधानमन्त्री) हुन मिल्दैन । मानव अधिकार आयोगमा बाहेक कुनै जागिरमा मिल्दैन,’ ओलीले भने, ‘जानीजानीकन पूर्व प्रधानन्यायाधीश भएको मानिस आफैंले संविधान मिचेर प्रधानमन्त्री हुन तयार, यो भनेको सोझै असंवैधानिक, प्रगिगामी संविधान मिचुवा, हाहुको भरमा बनेको सरकार हो ।’

ओलीले डिस्कर्डका आधारमा मात्रै वर्तमान प्रधानमन्त्री बनेको भन्दै सभ्य समाजमा त्यसो हुन नसक्ने दाबी गरे ।

‘शासनमा डिस्कर्डबाट पुगेको अरे, दुनियाँको कुनै सभ्य समाजमा डिस्कर्डबाट प्रधानमन्त्री बन्छन् ?, डिस्कर्डबाट भोटिङ पनि गरेको अरे, २–३ हजार केटाकेटीहरू डिस्कर्डमा जम्मा भए अनि भोटिङ पनि गरेको रे,’ उनले भने ।

भदौ २४ गतेको जेनजी आन्दोलन र तोडफोडबाट बनेको सरकार कुनै जनअनुमोदनबाट नबनेको समेत दाबी गरे ।

‘२४ गतेको आगजनी र तोडफोडको बलबाट बनेको सरकार यो कुनै संविधानअनुसार बनेको होइन जनअनुमोदनबाट बनेको होइन’ उनले भने, ‘यसको वैरभाव लोकतन्त्रसँग छ । संविधानसँग छ, जनताको प्रतिनिधित्वसँग छ, लोकतान्त्रिक प्रणाली र प्रक्रियासँग छ, संसद र प्रतिनिधिसभासँग छ ।’

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति कटाक्ष गर्दै अदृश्य रुपमा रहने व्यक्तिको समर्थनमा बनेको सरकार भन्दै कटाक्ष गरे ।

‘अदृश्य रहने, कमजोर, कुनै ग्राउन्ड नभएका, इतिहास न परम्पराको टेको, न जनसमर्थनको आधार केही पनि नभएका’ उनले भने, ‘हाहुमा आगो लगाएको भरमा, लुटेको भरमा तोडफोड गरेको भरमा, अराजकता आतंक मच्चाएको भरमा आतंकारी अभ्यास गरेको भरमा बनेको सरकार,’ ओलीको तर्क छ

Previous Post

सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ शुरू, अहिले दैनिक ५ सय वटा छाप्ने लक्ष्य

Next Post

मधेशमा सरकार गठन प्रक्रियाप्रति एमालेभित्रै असन्तुष्टि, कञ्चन बिच्छालाई तत्काल फिर्ता हुन राप्रपाको निर्देशन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
मधेशमा सरकार गठन प्रक्रियाप्रति एमालेभित्रै असन्तुष्टि, कञ्चन बिच्छालाई तत्काल फिर्ता हुन राप्रपाको निर्देशन

मधेशमा सरकार गठन प्रक्रियाप्रति एमालेभित्रै असन्तुष्टि, कञ्चन बिच्छालाई तत्काल फिर्ता हुन राप्रपाको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l