Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ शुरू, अहिले दैनिक ५ सय वटा छाप्ने लक्ष्य

राष्ट्र आवाज by राष्ट्र आवाज
November 7, 2025
in समाचार
0
सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ शुरू, अहिले दैनिक ५ सय वटा छाप्ने लक्ष्य
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सरकारले गाडी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेशिनबाट छाप्न शुरू गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न शुरू गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपामा रहेको सुरक्षण मुद्रण केन्द्रको मेशिनबाट लाइसेन्स छपाइ शुभारम्भ गर्नुभयो । उहाँले कानूनी उल्झन र कठिनाइका बाबजुद पनि आवश्यक व्यवस्था मिलाएर लाइसेन्स छपाइ शुरू गरिएको बताउनुभयो ।

सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेशिन यत्तिकै थन्किएका थिए । मेशिन र पार्टपुर्जा सबै धूलाम्मे थिए । केन्द्रका मेशिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपुर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिन्छ ।

मन्त्री खरेलले यसअघि लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका छपाइ सधैं विदेशी कम्पनीलाई ठेक्का दिएर छाप्ने गरिएको बताउनुभयो । पूर्वाधार र स्रोत साधन भए पनि छपाइ गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाइ शुरू गरिएको उहाँकाे भनाइ छ ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले पनि विभिन्न कानूनी उल्झन र प्राविधिक जटिलता समाधान गरेर छपाइ शुरू गरिएको जानकारी दिनुभयो ।

पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौता भए अनुरूप आजदेखि काम शुरू भएको हो । शुरूमा दैनिक पाँच सय छाप्ने र यसको मात्रा बढाउँदै लगिने केन्द्रले जनाएको छ ।

नागरिकता, अन्तःशुल्क स्टिकर, हुलाक टिकट, लालपुर्जा र भिसा स्टिकर छपाइ पनि अब गर्न सकिने अवस्था छ । सुरक्षण मुद्रण केन्द्रमा अहिलेसम्म झन्डै तीन अर्ब रुपैयाँ लगानी भएको छ ।

Previous Post

कतारको राजधानी दोहा पुगे राष्ट्रपति पौडेल

Next Post

यो संविधान मिचुवा र हाहुको भरमा बनेको सरकार हो : ओली

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
यो संविधान मिचुवा र हाहुको भरमा बनेको सरकार हो : ओली

यो संविधान मिचुवा र हाहुको भरमा बनेको सरकार हो : ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l