नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका रेशमलाल चौधरीले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन् ।
नाउपाबाट निकालिएपछि रेशमले नयाँ पार्टी खोल्ने घोषणा गरेका थिए । उनले घोषणा गरेको नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपाने) रहेको बताएका छन् ।
उनले आफ्नो पार्टीको चुनाव चिह्न जाँतो हुने प्रस्ताव गरेका छन् । त्यसो त यसअघि उनको अग्रसरतामा खोलिएको नाउपाको चुनाव चिह्न भने ढकिया थियो ।

