कात्तिक २ – वीरगन्जको त्रिमूर्ति चोकमा सञ्चालित कुशवाहा मोटर्सले जापानमा निर्मित अत्याधुनिक इलेक्ट्रिक स्कुटरको बिक्री सुरु गरेको छ। कम्पनीले वातावरणमैत्री र इन्धन–सञ्चय गर्ने प्रविधियुक्त स्कुटरहरू नेपाली बजारमा उपलब्ध गराउँदै उपभोक्तालाई नयाँ विकल्प प्रदान गरेको छ।
कम्पनीका अनुसार, नयाँ जापानिज इलेक्ट्रिक स्कुटरहरू उत्कृष्ट डिजाइन, लामो ब्याट्री ब्याकअप र उच्च प्रदर्शनका कारण दैनिक आवागमनका लागि उपयुक्त छन्। स्कुटरको मूल्य रु. २ लाख, रु. २ लाख ५ हजार र रु. २ लाख १० हजारसम्म निर्धारण गरिएको छ।
सुरुवाती अफर अन्तर्गत कम्पनीले विशेष वारेन्टी सुविधा, सजिलो किस्ता योजना तथा निःशुल्क सेवाको व्यवस्था पनि गरेको छ।

ग्राहकका लागि कम्पनीले विशेष १० प्रतिशत छुट र आकर्षक ‘लक्की ड्रा’ (Lucky Draw) को व्यवस्था पनि गरेको छ।
व्यवस्थापकका अनुसार, निकट भविष्यमै कुशवाहा मोटर्सले नयाँ मोडेलका इलेक्ट्रिक बाइक र चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ।

कम्पनीले वीरगन्ज र आसपासका क्षेत्रमा दिगो ऊर्जा प्रयोग र हरित यातायात प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।

