Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सुनको भाउले हरेक दिन किन रेकर्ड तोड्दैछ ?

राष्ट्र आवाज by राष्ट्र आवाज
October 9, 2025
in समाचार
0
सुनको भाउले हरेक दिन किन रेकर्ड तोड्दैछ ?
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – पछिल्ला दिनहरूमा सुनको भाउले हरेक दिन रेकर्ड तोड्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै नेपाली बजारमा समेत निरन्तर उचाइतर्फ लागिरहेको सुनको मूल्य अझै रोकिने अवस्था छैन । यो हप्ता लगातार उकालो लागिरहेको सुनको मूल्य आज पनि १२ सय रुपैयाँले बढेर ताेलाकाे २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेकाे छ । याे भाउ अहिलेसम्मकै उच्च हो ।

यो हप्ता सोमवार २५ सय रुपैयाँले बढेको सुनको मूल्य मङ्गलवार २३ सय रुपैयाँले उकालो लागेको थियो । बुधवार पनि २६ सयले बढ्दै सुन ताेलाकाे २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसरी सुनको भाउले दिनदिनै रेकर्ड तोड्दै जानुमा आन्तरिकभन्दा पनि बाह्य कारण धेरै रहेको सुनचाँदी व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूका अनुसार सुनको भाउ कोभिड–१९ महामारीयता नै निरन्तर बढ्दै गएको छ । यो कहिलेसम्म बढिरहने हो भन्न सकिने अवस्थै छैन । रुस–युक्रेन युद्धदेखि, अन्य ठूला शक्ति राष्ट्रबीच सङ्घर्ष चर्किँदा सुनको भाउ झन् बढ्दै गएको व्यवसायीहरूको बुझाइ छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले रुस–युक्रेन, इजरेल–हमासको युद्ध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका कैयौं देशमा लगाएको करका कारण सुनको भाउ उच्च भएको बताउनुभयो ।

‘भारतलाई अमेरिकाले ट्यारिफ बढाएलगत्तै भारतको अर्थतन्त्र डामाडोल हुन पुग्यो । भारतले शरण माग्नुपर्ने भयो । उसले रुसँग शरण माग्यो । रुसले चीनसँग सहकार्य गरिसकेपछि अहिले भारत, चीन, रुस, ब्राजिलजस्ता देशहरूले ब्रिक करेन्सी निकाल्न लागेका छन् । उनीहरूले अमेरिकालाई काउन्टर दिन खोज्दा त्यसको असर सुनचाँदीको भाउसम्मै पुगेको हाे’, उहाँले भन्नुभयाे ।

बज्राचार्यका अनुसार अब ब्रिक करेन्सी आउने भएपछि डलरको भाउ चाहिँ खस्किने देखिन्छ । डलर किन राख्ने भनेर अहिले नेपाल, चीन र भारतले आफूसँग सञ्चित भएको डलर फाल्दै सुन जम्मा गरेका कारण बजारमा सुन अभाव भएको छ । युरोपेलीलगायत अरू देशका रिजर्भ बैंकहरू पनि सुन जम्मा गर्नतर्फ लागेका छन् ।

‘लगानीकर्ताहरू बजारमा आउँदा अहिले सुनकाे अभाव छ । यही कारणले पछिल्ला दिनमा सुनकाे भाउ बढेकाे हाे । सुनकाे भाउ यसरी बढ्दैन भन्ने थियाे । तर ट्रम्प सरकारले हस्तक्षेप गरेर अमेरिकन फेडरल रिजर्भ बैंकलाई ब्याजदर घटाउन दबाव दिएका कारण पछिल्लो पटक एकैचाेटि सुनकाे भाउ उकालाे लागेकाे हाे’, उहाँले भन्नुभयाे ।

महासङ्घका प्रथम उपाध्यक्ष बज्राचार्यका अनुसार आउँदा दिनहरूमा सुनको भाउ अझै माथि पुग्छ । बजारमा सुनको अभाव हुँदासम्म यसको माग उच्च हुनेछ । एउटा विन्दुमा पुगेपछि सुनको भाउ घट्ने उहाँ बताउनुहुन्छ ।

सुनमा लगानी गर्ने बढ्दै

पछिल्ला दिनमा सुनमा लगानी गर्नेहरू बढिरहेका बज्राचार्य बताउनुहुन्छ । उहाँका अनुसार आवश्यक पर्ने व्यक्तिहरूले भन्दा पनि आवश्यक नपर्ने व्यक्तिहरूले सुन किनिरहेका छन् । नेपाली रुपैयाँको त्यसै पनि मूल्य छैन । भोलि डलरको पनि मूल्य नहुन सक्छ र सुनको मात्र मूल्य हुने रहेछ भनेर अहिले छाेटाे समयका लागि सुनमा लगानी गर्ने र पछि सुन बेचेर त्यसबाट पैसा कमाउनेहरू बढेका उहाँको भनाइ छ ।

नेपालमा ढिका सुन राख्न पाउने प्रावधान छैन, त्यो नहुँदा गहना बनाएर राख्नेहरू बढेका बज्राचार्य बताउनुहुन्छ । उहाँका अनुसार दशैँ अगाडिदेखि मात्र यसरी गरगहना बनाएर राख्नेहरूको चहलपहल देखिएको हो । जसरी सुनको भाउ बढेको छ त्यसैगरी घट्न पनि सक्ने उहाँकाे भनाइ छ ।

केही लगानीकर्ताले सुनचाँदीमा रकम खर्चे पनि सामान्यतया सुनचाँदी पसलहरूमा उपभोक्ताको भीड देखिँदैन । बानेश्वरमा रहेको एसआर ज्वेलर्सका सञ्चालक सीताराम गहतराजले सुनचाँदीको भाउ आकाशिएपछि पहिलेको तुलनामा कारोबार धेरै कम भइरहेको बताउनुभयो ।

उहाँका अनुसार चाडपर्वको याम भएकाले नयाँ सुनभन्दा पनि पुराना भएका गहनालाई मिलाएर बनाउने काम उपभोक्ताहरूले गरेका छन् । सरकारले थप कर लगाएका कारण त्यसको असर बजारमा देखिएको गहतराजको भनाइ छ ।

Previous Post

जेन–जी आन्दोलनमा क्षतिको कुल बीमा दाबी रकम २३ अर्ब २२ करोड रुपैयाँ पुग्यो

Next Post

पदाधिकारी बैठकमा गगनले राखे नियमित महाधिवेशनको प्रस्ताव

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पदाधिकारी बैठकमा गगनले राखे नियमित महाधिवेशनको प्रस्ताव

पदाधिकारी बैठकमा गगनले राखे नियमित महाधिवेशनको प्रस्ताव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l